नेयमार जुनियरको गोलमा फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार भएको खेलमा पीएसजीले लोरीएन्ट एफसीलाई २–१ गोल अन्तरले हराएको हो । लोरिएन्टको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार र डेनिलो पेरेइराले एक–एक गोल गरे । यता लोरिएन्टका लागि टेरेम मोफिले एक गोल फर्काए । खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । यता लोरिएन्टका लागि खेलको ५३ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।