कञ्चनपुर। जिल्ला ट्राफिक प्रहरी कार्यालयले पूर्वपश्चिम राजमार्गका अत्यधिक दुर्घटनाग्रस्त क्षेत्र (ब्ल्याक स्पोट) हरूमा सचेतनामूलक बोर्ड राख्ने कार्यलाई तीव्रता दिएको छ। ट्राफिक प्रहरीले पछिल्ला तीन वर्षको तथ्याङ्कलाई सुक्ष्म विश्लेषण गरी सुडा, दैजी, अर्जुनी, कलुवापुर र वाणी बङ्कजस्ता क्षेत्रलाई ‘ब्ल्याक स्पोट’का रूपमा वर्गीकरण गरेको छ। ती क्षेत्रमा दुर्घटनाग्रस्त क्षेत्र लेखिएका बोर्ड राखिएका छन्। यी स्थानमा राखिएका ‘सावधान […]
भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताएका छन् । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उनले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताएका हुन् । उनले भने, ‘विद्यार्थीले ज्ञानसँगै ग्रहण गरेका मूल्य, मान्यतालाई आत्मासात् गर्दै देशको उज्ज्वल […]
सप्तरी। शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन पालिकाले विद्यालयमा बिदा दिएका छन्। राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज यहाँ जारी सूचनाअनुसार अगामी तीन दिनका लागि राजविराज नगरपालिकाभरिका सम्पूर्ण विद्यालय बिदा दिइएको छ। यही पुस १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाइएको छ। त्यस्तै जिल्लाको महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले […]