यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय

काठमाडौँ। सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकका निर्णयहरू सार्वजनिक भएका छन्। १७ कात्तिकको बैठकले गरेका १३ निर्णयहरू सार्वजनिक गरिएका हुन्। मन्त्रिपरिषद्‌को पहिलो निर्णयमा वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोक्ने रहेको छ। यस्तै दोस्रो निर्णय स्विट्जरल्यान्डको जेनेभामा १ देखि ३ मंसिरसम्म आयोजना हुने नेपालको व्यापार नीतिको तेस्रो समीक्षामा सहभागी हुन वाणिज्य […]