प्रि -ओपन सेसनमा ०.५१ अंकले बढ्यो नेप्से

वैशाख २७, काठमाडौं  । साताको तेस्रो कारोबार  दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से  परिसूचक शून्य दशमलव ५१ अंकले बढेको छ । उक्त अवधिमा  नेप्से परिसूचक २ हजार २६९ दशमलव ३५ विन्दुमा पुगेको छ । प्रि - ओपन सेसनमा ६ लाख ८३ हजार ८१९ रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक दोहोरो अंक अर्थात् १२ दशमलव २७ अंक बढेर २ हजार २६८ दशमलव ८४ विन्दुमा बन्द भएको थियो । उक्त दिन ३३ लाख २४ हजार ८२२ कित्ता शेयर रू.१ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०१ मा खरीदविक्री भएको थियो ।