कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना : काम अघि नबढाउन सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं । कालीगण्डकी तिनाउ–डाइभर्सन आयोजनाको कुनै पनि काम अघि नबढाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता प्रकाशमणि शर्मालगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको रीटमाथि हालै सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले कालीगण्डकी नदीको आफ्नै ऐतिहासिक महत्त्व भएको र यस्तो महŒव बिगार्ने उद्देश्यले प्राकृतिक बहावलाई परिवर्तन गर्ने, ड्याम बनाउने, बाँध बाँध्ने, प्रदूषण गर्ने, नदीजन्य पदार्थको उत्खननजस्ता कार्य तत्काल रोक्न भनेको हो । ‘कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्त्वको देखिएकोले प्रस्तुत रीट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी रिजर्भवायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरू निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनाश गर्नेलगायत अन्य प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरू नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीका नाममा सर्वाेच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) क बमोजिम अन्तरिम आदेश जारी गरी दिएको छ,’ आदेशमा भनिएको छ । स्थानीय स्तरबाट विरोध भइरहँदा निवर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो चुनाव क्षेत्रलक्षित कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनालाई चलाखीपूर्ण तवरले अघि बढाएका थिए । आगामी आर्थिक वर्षको बजेटमा ‘आवश्यकताअनुसार रकम विनियोजन’ गर्ने घोषणा गरिएको महŒवाकांक्षी आयोजनाको बुटवलमा कार्यालय खोलिसकिएको छ । सरकारले विनातयारी नै कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना अघि बढाउन खोज्दा चर्काे विवाद सृजना हुँदै आएको छ । परियोजना अघि बढाउनुपूर्व आवश्यक हुने सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकन अझैसम्म भएको छैन । डीपीआर पनि तयार भएको छैन । आयोजनाको काम अघि नबढाउन तटीय क्षेत्रका बासिन्दासहित गण्डकी सरकारको चर्को दबाब पर्दै आएको छ । यसअघि सर्वोच्चले कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत योजनाका कागजातसहित उपस्थित हुन सरकारलाई गत असार २३ मा आदेश दिएको थियो । परियोजनाबारे भएका निर्णयसम्बन्धी कागजातसहित साउन ४ गते छलफलका लागि आउनसमेत सर्वाेच्चले सरकारलाई भनेको थियो । उक्त परियोजना संविधान, कानून, प्रतिपादित नजीर र अन्तरराष्ट्रिय सन्धि–सम्झौताविपरीत रहेकाले सरकारको निर्णय कार्यान्वयन नगर्न र तत्काल काम अघि नबढाउन परमादेशका लागि रीट निवेदकले माग गरेका थिए ।

सम्बन्धित सामग्री

गण्डकी प्रदेशसभाः कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना खारेजीको माग

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना खारेजीको माग गर्दै एमालेका गण्डकी प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलले गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएका छन। संघीय सरकारले एकतर्फी रुपमा आयोजना बनाउन खोजेको पौडेलको भनाई छ।...

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना कुनै पनि हालतमा रोकिँदैन : पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना कुनै पनि हालतमा नरोकिने बताएका छन् ।नेकपा एमाले बुटवलले सोमबार आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना पूरा भएरै छाड्ने बताए । आयोजनाको सपना देख्ने नेता मदन भण्डारी भएको प्रसङ्ग उल्लेख गर्दै उनले यो आयोजना बन्नेमा कसैले आशंका गर्न जरुरी नभएको बताएका हुन् ।उनले कालीगण्डकीको पानी तिनाउ नदीमा खसालिने योजना एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीले चर्चा गरे

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाः काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, असार ३१ । कालीगण्डकी तिनाउ–डाइभर्सन आयोजनाको कुनै पनि काम अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता प्रकाशमणि शर्मालगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको रीटमाथि हालै सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले कालीगण्डकी नदीको आफ्नै ऐतिहासिक महत्त्व भएको र यस्तो महत्व बिगार्ने उद्देश्यले प्राकृतिक बहावलाई परिवर्तन गर्ने, ड्याम […]

कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको विरोधमा काठमाडाैंमा प्रदर्शन

भूपराज बस्याल, काठमाडौ । कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको विरोधमा काठमाडाैंमा प्रदर्शन गरिएको छ। शुक्रबार कालीगण्डकी सरोकार युवा समूहले विरोध प्रदर्शन गरेको हो।उहाँहरुले कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनालाई जनविरोधी, सभ्यताविरोधी र पर्यावरण खल्बल्याउने किसिमको भएको बताउनु भएको छ । प्रदर्शनकारीहरूले जनताको ‘आवाज यही हो, कालीमा पानी चाहियो’, ‘काली डाइभर्सन चाहिँदैन, पर्यावरण मास्न पाइँदैन’, ‘काली डाइभर्सन हुन दिँदैनाैं’ […]

भारतको स्वार्थसँग जोडिएकाले राष्ट्रघाती छ

कालीगण्डकी–तिनाउ डाइभर्सन विस्तृत परियोजना अध्ययनका लागि भनेर कार्यालय उद्घाटन भएको छ । यसअघि प्रारम्भिक अध्ययनका लागि बजेट छुट्याउँदा र त्यसअघि पनि शुरुदेखि नै यो परियोजनाको विरोध गर्दै आएका थियौं, गर्छौं । कालीगण्डकी–तिनाउ डाइभर्सन यसै पनि प्राकृतिक नियम विपरीतको कुरा हो । मानवजन्य विपद् निम्त्याउने काम हो । यसले विकास होइन, ठूलो विनाश निम्त्याउँछ । एउटा […]

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाकाे विरुद्ध सर्वोच्चमा रिट

काठमाण्डाै : कालीगण्डकी– तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नदी डाइभर्सन गरेमा कालीगण्डकी र नारायणी जलाधार क्षेत्रमा ठूलो नकारात्मक असर पर्ने भन्दै अधिवक्ताहरू सन्तोष भण्डारी, रामबहादुर शाही र तुलसीराम पोखरेलले रिट दायर गर्नुभएको हो । रिटको पेसी बिहीवार (भोलि) का लागि तोकिएको छ । कालीगण्डकी हिन्दू धर्मावलम्बीहरूकाे आस्थाको केन्द्र रहेको र परियोजना कार्यान्वयनमा गएमा धार्मिक आस्थामाथि पनि चोट पुग्ने रिटमा उल्लेख छ । नदीको प्राकृतिक बहावमा छेडछाड...

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना खारेज गर्न जनमोर्चाको माग

सरकारबाट प्रस्तावित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना रोक्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ । सुख्खा याममा सिंचाई गर्ने उद्देश्यले सरकारले पाल्पा जिल्लाको रम्भा गाउँपालिका–३, पिपलडाँडामा बाँध बनाएर कालीगण्डकी नदीको प्राकृतिक बहावलाई सुरुङ मार्गद्वारा स्थानान्तरण (डाइभर्सन) गरेर पाल्पा जिल्लाको तिनाउँ दोभानमा पु¥याई तिनाउ नदीमा पानीको पुनर्भरण गरी त्यससँग जोडिएका जिल्लामा पठाउने उद्देश्य लिएको