अफगानिस्तानबाट मंगलबार १ सय १२ नेपाली स्वदेश आइपुगे

काठमाडौं : अफगानिस्तानबाट उद्धार भएर मंगलबार १ सय १२ जना नेपाली काठमाडौं आइपुगेका छन्। जोर्डन एभिएसनको उडानबाट १ सय ३ जना र कतार एयरको उडानबाट ९ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार मंगलबारसम्म ७ सय ७० जना नेपाली अफगानिस्तानबाट काठमाडौं आइपुगेका छन्। काठमाडौंमा अवतरणपछि कोरोना परीक्षण गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरकारी होल्डिङ सेन्टरमा राखिएको छ।अफगानिस्तानबाट उद्धार भएर दोहा, दुबई, लण्डन, र नयाँ दिल