रास्वपा सांसद डाँगीकाे माग– ‘सिंहदरबार, बालुवाटार, शीतल निवासमा स्वदेशी वस्तुमात्रै प्रयाेग गराैँ’

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसदमा स्वदेशी वस्तुमात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गर्नुभएको छ । आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद डाँगीले शीतल निवास, सिंहदरबार, संसद् र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन सरकारसँग माग गर्नुभएको हो । संसदमा प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी वस्तु हुनुपर्ने सांसद डाँगीको भनाइ थियो । उहाँले भन्नुभयो, &lsq...