विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या

रुकुम पूर्वस्थित ५० शय्याको जिल्ला अस्पतालमा एउटा पनि विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या व्यहोर्नु परेको छ ।लुम्बिनी प्रदेश सरकार मातहतको सो जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई अन्य जिल्लामा रिफर गर्नुपर्ने बाध्यता कायम रहेको स्थानीयवासीको गुनासो छ ।स्थापनाकालदेखि नै सो अस्पतालमा एउटा पनि विशेषज्ञ डाक्टर उपलब्ध हुन सकेको छैन । अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको १० वटा दरबन्दी छ । तर अस्पताल स्थापना भएदेखि नै विशेषज्ञ डाक्टरको सबै दरबन्दी खाली रह

सम्बन्धित सामग्री

बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर

धनगढी – बाजुरा जिल्लामा पहिलो पटक प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरेका छन्। जिल्ला अस्पताल बाजुरामा बिहीबारदेखि वरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिल कुमार शाहले सेवा दिन सुरु गरेका जिल्ला अस्पताल बाजुराका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मिलन जोशीले बताए। स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको […]

बाजुरामा विशेषज्ञ चिकित्सक नहुँदा समस्या

२९ साउन, बाजुरा । बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्‍यो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो । अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उनलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको […]

बाजुरामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टर आउँदै, स्थानीय हर्षित

धनगढी – स्त्री रोग विशेषज्ञ नहुँदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भइरहेको बाजुरामा अब स्त्रीरोग विशेषज्ञ डाक्टर जाने भएका छन्। स्वास्थ्य सेवाका हिसाबले पछि रहेको बाजुरा जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा उपचारमा निकै समस्या हुने गरेको छ। जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्रीरोग विशेषज्ञ नहुँदा धेरै रोग लुकाउनु पर्ने अवस्था छ। […]

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएपछि विपन्नलाई राहत

धनगढी उपमहानगरपालिका–१९, की पार्वती बोगटी कहिलेकाँही पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि गाउँकै स्वास्थ्य चौकीमा पुगिन्। स्वास्थ्यचौकीमा विशेषज्ञ डाक्टर नहुँदा स्वास्थ्यकर्मीले उनलाई थप उपचारका लागि धनगढी जान सुझाव दिए। तर,...

विशेषज्ञ डाक्टर नहुँदा जिल्ला अस्पताल रुकुमपूर्वमा समस्या

रुकुम पूर्व : जिल्ला अस्पताल रुकुमपूर्वमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीले सास्ती भोग्दै आएका छन्। अस्पताल स्थापना भएदेखि विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता भएको हो।विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा. गणेश चौधरीले जानकारी दिए। अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको मात्र १० दरबन्दी रहेको अस्पतालका प्रमुख चौधरीले बताए।विशेषज्ञ डाक्टर नहुँदा हर्निया, हाइड्रोसिल,

स्वास्थ्यकर्मीको अभाव झेल्दै बागलुङका स्थानीय तहका आइसोलेसन

बागलुङ । बागलुङका स्थानीय तहले कोरोना महामारीसँग जुध्न सक्रियता देखाए पनि आवश्यक स्वास्थ्यकर्मी र अक्सिजन नहँुदा संक्रमितको उपचारमा समस्या भएको छ । संक्रमितको उपचारका लागि स्थानीय तहले गाउँमै आइसोलेसन सञ्चालन गरे पनि विशेषज्ञ चिकित्सक र पर्याप्त अक्सिजन नहुँदा गम्भीर प्रकृतिका संक्रमितलाई उपचारका लागि जिल्ला सदरमुकाममा रहेको धौलागिरि अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको स्थानीय तहको गुनासो छ । जिल्लाको काठेखोला गाउँपालिकाले महामारी नियन्त्रणका लागि भीमसेन प्राथमिक विद्यालयको खाली भवनमा १० बेडको आइसोलेसन कक्ष निर्माण गरे पनि विशेषज्ञ चिकित्सक अभावमा गम्भीर बिरामीलाई धौलागिरि अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए । ‘गाउँपालिकामा १० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ,’ अध्यक्ष थापाले भने, ‘विशेषज्ञ चिकित्सकका लागि विज्ञापन गर्दा पनि कसैले आवेदन नदिएकाले गम्भीर प्रकृतिका बिरामीलाई उपचार गर्न समस्या भएको छ ।’ गाउँपालिका अध्यक्ष थापाले जिल्ला सदरमुकाम नजिकको पालिका भएकाले बागलुङ नगरपालिकासँग समन्वय गरी १० जनाभन्दा धेरै बिरामी भए नगरपालिकामा पठाइने गरेको बताए । ‘बेड मात्र थप गरेर हुँदैन,’ अध्यक्ष थापाले भने, ‘बिरामीलाई गम्भीर समस्या देखापरे तुरुन्त अस्पताल पु¥याउनुपर्ने समस्या छ । हामीसँग चिकित्सक छैनन् । बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरि अस्पतालका चिकित्सकले समन्वय गरिरहेकाले नगरपालिकासँग समन्वय गरेर गम्भीर बिरामीलाई अस्पातल र नगरपालिकाको आइसोलेसनमा पठाउने गरेका छौं ।’ काठेखालामा जस्तै तमानखोला गाउँपालिका, निसीखोला गााउँपालिकाले पनि त्यस्तै समस्या भोग्नुपरेको छ । पालिकामा विशेषज्ञ डाक्टर नहुँदा गम्भीर बिरामीलाई धौलागिरि अस्पतालमै पठाउनुपर्ने समस्या रहेको पालिकाका स्वास्थ्य शाखाले जनाएका छन् । चिकित्सक अभावका कारण बिरामीलाई गाह्रो हुँदा र अक्सिजन लेभल घट्दै जाँदा उपचारका साथै औषधी दिन गाह्रो हुने बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरि अस्पतालका डाक्टरसँग समन्वय गरी काम गरिरहेको उनले बताए । ‘हामीले अस्पतालका डाक्टरसँग समन्वय गरी काम गरिरहेका छौं,’ उनले भने, ‘नगर स्वास्थ्य शाखाको सबै टोली र नगरपालिकाभित्रका स्वास्थ्यकर्मी, विद्यालय नर्सलाई पनि आइसोलेसनमा खटाइएको छ । बिरामीलाई धेरै गाह्रो भए र तिनको समस्या अस्पतालका चिकित्सकलाई बताएर सुझावबमोजिम औषधी दिइने गरिएको छ ।’ बागलुङ नगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा अस्पतालमा बेड अभाव भए कम लेबलको अक्सिजन दिनुपर्ने र निको हुँदै गएका बिरामीलाई राख्ने गरिएको स्वास्थ्य शाखा प्रमुख खनालले बताए । नगरपालिकाको आइसोलेसनमा अहिले म्याग्दी र गुल्मीका बिरामी पनि उपचाररत रहेको उनको भनाइ छ । धौलागिरि अस्पतालमा लामो समय काम गरेका खनालले स्थानीय तहमा एक्स–रे मेसिन नहुँदा जटिल प्रकारको निमोनिया पहिचानका लागिसमेत समस्या हुने गरेको बताए । ‘चिकित्सक र एक्स–रे मेसिन नहुँदा स्थानीय तहमा कोभिड बिरामीको उपचारका लागि समस्या हुन्छ,’ उनले भने, ‘बिरामीको फोक्सोको अवस्था र कुन औषधी दिने भन्नेमा चिकित्सकसँग सल्लाह लिनुपर्ने भए पनि कतिपय स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा चिकित्सक नहुँदा समस्या भोग्नुपरेको छ ।’ बागलुङको जैमिनी नगरपालिका– १ जना, ढोरपाटन नगरपालिकाले आइसोलेसन निर्माण गरेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना, गल्कोट नगरपालिकामा २ जना, बडिगाड गाउँपालिकामा १ जना, बरेङ गाउँपालिकामा १ जना र ताराखोला गाउँपालिकामा १ जना विशेषज्ञ चिकित्सक रहेको पालिकाहरूले जनाएका छन् । पालिकामा विशेषज्ञ डाक्टर भए पनि अक्सिजनको प्राप्त सुविधा नभएकाले हाइफलो अक्सिजन दिनुपर्ने बिरामीलाई अस्पतालमै पठाउनुपर्ने बाध्यता छ । यस्तै, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट नगरपालिका र जैमिनी नगरपालिकामा मात्र एक्स–रेको सुविधा भए पनि अन्य पालिकामा यस्तो सुविधा नभएकाले उनीहरूले पनि कोरोनाका बिरामीलाई समस्या भए धौलागिरि अस्पतालमै पठाउनुपर्ने अवस्था छ । बागलुङमा काठेखोला गाउँपालिकामा १० बेड, बागलुङ नगरपालिकामा ३५ बेड, गल्कोटमा ११ बेड, ढोरपाटनमा १० बेड, जैमिनीमा १० बेड, बरेङ गाउँपालिकामा ५ बेड, निसीखोलामा १५ बेड, तमानखोलामा १० बेड, बडिगाडमा १० बेड र ताराखोलामा १५ बेडको आइसोलेसन कक्ष छन्  । यस्तै, १० पालिकामा १ सय २७ वटा मात्रै अक्सिजन सिलिन्डर रहेका छन् । काठेखोला गाउँपालिकामा ३ वटा, बागलुङ नगरपालिकामा २५ वटा, गल्कोटमा १४ वटा, ढोरपाटनमा २१ वटा, जैमिनीमा ६ वटा, बरेङमा ८ वटा, निसीखोलामा ६ वटा, तमानखोलामा ८ वटा, बडिगाडमा २७ वटा र ताराखोला गाउँपालिकामा ९ वटा अक्सिजन सिलिन्डर छन् । २५ बेडको आइसोलेसन कक्ष रहेको धौलागिरि अस्पतालमा ३ बेडको सघन कक्ष (आईसीयू) रहेको छ । अक्सिजन प्लान्ट रहेको अस्पतालमा १ सय २९ वटा अक्सिजन सिलिन्डर रहे पनि २४ घन्टामा अक्सिजन प्लान्टबाहेक ९१ वटा अक्सिजन खपत हुने गरेको धौलागिरि अस्पतालकी व्यवस्थापन अधिकृत प्रमिला ढकालले बताइन् ।

बागलुङको स्थानीय तहको आइसोलेशन केन्द्रमा स्वास्थ्यकर्मीको अभाव

जेठ ११, बागलुङ । बागलुङका स्थानीय तहले कोरोना महामारीसँग जुध्न सक्रियता देखाएपनि आवश्यक स्वास्थ्यकर्मी र अक्सिजन नहुँदा संक्रमितको उपचारमा समस्या भएको छ ।  संक्रमितहरुको उपचारका लागि स्थानीय तहले गाउँमै आइसोलेशन सञ्चालन गरे पनि विशेषज्ञ चिकित्सक र पर्याप्त अक्सिजन नहुँदा गम्भिर प्रकृतिका संक्रमितलाई उपचारका लागि जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको स्थानीय तहको गुनासो छ ।  जिल्लाको काठेखोला गाउँपालिकाले महामारी नियन्त्रणका लागि भीमसेन प्रथामिक विद्यालयको खाली भएको भवनमा १० बेडको आइसोलेशन कक्ष निर्माण गरिएपनि विशेषज्ञ चिकित्सकको अभावमा गम्भिर बिरामीहरुलाई धौलागरी अस्पतालमा पठाउनु पर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिए ।  ‘गाउँपालिकामा १० बेडको आइसोलेशन कक्ष निर्माण गरिएको छ,’ अध्यक्ष थापाले भने ‘विशेषज्ञ चिकित्सकको लागि विज्ञापन गर्दा पनि कसैले आवेदन नभरेकोले गम्भिर प्रकृतिको बिरामीहरुलाई उपचार गर्न समस्या भएको छ ।’  गाउँपालिका अध्यक्ष थापाले जिल्ला सदरमुकामको नजिकको पालिका भएकोले बागलुङ नगरपालिकासँग समन्वय गरि १० जना भन्दा धेरै बिरामी भएमा नगरपालिकामा पठाइने गरेको बताए । ‘बेड मात्र थप गरेर हुँदैन,’ अध्यक्ष थापाले भने ‘बिरामीलाई गम्भिर समस्या देखा परेमा तुरुन्त अस्पताल पु¥याउनुपर्ने समस्या छ, हामीसँग चिकित्सकहरु हुनु हुँदैन बागलुङ नगरपालिकाको आइसोलेशनमा धौलागिरी अस्पतालका चिकित्सकहरुले समन्वय गरिरहेकोले हामीले नगरपालिकासँग समन्वय गरेर गम्भिर बिरामीहरुलाई अस्पतल र नगरपालिकाको आइसोलेशनमा पठाउने गरेका छौं ।’ काठेखालामा जस्तै बागलुङ जिल्लाको तमानखोला गाउँपालिका, निसीखोला गााउँपालिकाले पनि त्यस्तै समस्या भोग्नुपरेको छ । पालिकामा विशेषज्ञ डाक्टरहरु नहुँदा गम्भिर विरामीहरुलाई धौलागिरी अस्पतालमै पठाउनु पर्ने समस्या रहेको पालिकाको स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।  चिकित्सकको अभाव हुँदा विरामीलाई गाह्रो हुँदा र अक्सिजन लेबल घट्दै जाँदा उपचारमा समस्या हुने र औषधिहरु दिनको लागि पनि गाह्रो हुने बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिए । उनले बागलुङ नगरपालिकाको आइसोलेसनमा धौलागिरी अस्पतालका डाक्टरहरुसँग समन्वय गरि काम गरिरहेको समेत बताए ।  ‘हामीले अस्पतालका डाक्टरहरुसँग समन्वय गरि काम गरिरहेका छौं,’ उनले भने ‘नगरस्वास्थ्य शाखाका सबै टोली र नगरपालिका भित्र रहेका स्वास्थ्यकर्मी, विद्यालय नर्सहरुलाई पनि आइसोलेशनमा खटाइएको छ । बिरामीहरुलाई धेरै गाह्रो भएमा र उनीहरुको समस्या अस्पतालका चिकित्सकहरुलाई बताएर उहाँहरुको सल्लाह बमोजिम औषधिहरु दिइने गरिएको छ ।’ बागलुङ नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा अस्पतालमा बेड अभाव भएमा कम लेबलको अक्सिजन दिनुपर्ने र निको हुँदै गएका बिरामीहरुलाई राख्ने गरिएको स्वास्थ्य शाखाका प्रमुख खनालले बताए । उनले नगरपालिकाको आइसोलेशनमा अहिले म्याग्दी र गुल्मी जिल्लाका बिरामीहरु पनि उपचाररत रहेको बताए । धौलागिरी अस्पतालमा लामो समय काम गर्नुभएका खनालले स्थानिय तहमा एक्स–रे मेसिन नहुँदा जटिल प्रकारको निमोनिया पहिचानको लागि समेत समस्या हुने र उपचारमा गाह्रो हुने गरेको बताए । ‘चिकित्सक र एक्स–रे मेसिन नहुँदा स्थानीय तहहरुमा कोभिडका विरामीहरुको उपचारको लागि समस्या हुन्छ,’ उनले भने ‘बिरामीहरुको फोक्सोको अवस्था के छ र अब कुन औषधि दिने भन्नेमा चिकित्सकहरुसँग सल्लाह लिनुपर्ने भएपनि कतिपय स्थानीय तहले संचालन गरेका आइसोलेशनमा चिकित्सक नहुँदा समस्या भोग्नुपरेको छ ।’ बागलुङ जिल्लाको जैमिनी नगरपालिका १ जना, ढोरपाटन नगरपालिकाले आइसोलेशन निर्माण गरेको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा २ जना, गल्कोट नगरपालिकामा २ जना, बडिगाड गाउँपालिकामा १ जना, बरेङ गाउँपालिकामा १ जना र ताराखोला गाउँपालिकामा १ जना विशेषज्ञ चिकित्सक रहेको पालिकाहरुले जानकारी दिएका छन् । पालिकामा विशेषज्ञ डाक्टर भएपनि अक्सिजनको प्राप्त सुविधा नभएकोले हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामीहरुलाई अस्पतालमै पठाउनु पर्ने समस्या रहेको छ । यस्तै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट नगरपालिका र जैमिनी नगरपालिकामा मात्र एक्स–रेको सुविधा भएपनि अन्य पालिकामा एक्सरेको सुविधा नभएकोले उनीहरुले पनि कोरोनाको बिरामीलाई समस्या भएमा धौलागिरी अस्पतालमै पठाउनुपर्ने अवस्था रहेको छ ।

दरबन्दीका डाक्टर काठमाडौंमा, मारमा सेवाग्राही

सिन्धुली : दरबन्दीअनुसारका कर्मचारी नहुँदा सदरमुकामस्थित सिन्धुली अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ। अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा जिल्लावासीहरु उपचारका लागि काठमाडौंलगायतका सहर धाउन बाध्य छन्। अस्पतालमा २३ जना कर्मचारीको दरवन्दी खाली रहेको अस्पताल प्रशासनले जनाएको छ। जसमध्ये ६ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि स्त्र...