बजेटमाथिको छलफलका लागि बागमती प्रदेश सभाको बैठक बस्दै

 बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट माथि छलफलका लागि दिउँसो २ बजे बैठक आह्वान गरिएको छ ।गत असार २ गते बसेको प्रदेशसभाको बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ भएको थियो भने आजको बैठकमा बजेटमाथि मन्त्रालयगत रुपमा छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बागमती प्रदेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।बैठक अवरुद्ध पार्ने पक्षमा एम

सम्बन्धित सामग्री

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन बागमती प्रदेश सभा बैठक सुरु (लाईभ)

काठमाडौं,१९ चैत । बागमती प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि बैठक बसेको हो । यसअघि दिउँसो १ बजेका लागि बोलाईएको बैठकमा सत्तारुढ दुई सांसद नगएपछि बैठक ४ बजेसम्म सारिएको थियो । सत्ता साझेदार दल नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिन लागेका […]

बागमती प्रदेश सभा बैठक यही असोज २१ गते

बागमती प्रदेश सभाको बैठक यही असोज २१ गते दिनको ३:०० बजे बस्ने गरी बोलाइएको छ । उक्त बैठकमा दुई विधेयक छलफलका लागि पेस गर्ने तयारी गरिएको बागमती प्रदेश सभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।

बागमती प्रदेश सभा बैठक साउन ५ गते

बागमती प्रदेश सभाको बैठक यही साउन ५ गते बस्ने भएको छ। प्रदेश सभाको १०औं अधिवेशनको २६औं बैठक साउन ५ गते बिहीबार दिउँसो १ बजे बस्ने निर्णय भएकोे प्रदेश सभा सचिवालयले...

बागमती  प्रदेश सभा बैठक १ बजे

आज (बुधवार) बागमती प्रदेश सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको २४ औँ बैठक यही असार १६ गते बसेर प्रदेश सरकारले प्रस्तुत...

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

बागमती प्रदेशसभाको बैठक आज दिउँसो  २ बजे बस्ने भएको छ  । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही  असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९÷८०...

बागमती प्रदेश सभा बैठक फागुन १६ गते बस्दै

हेटौंडा, फागुन ४ । बागमती प्रदेश सभाको बैठक फागुन १६ गते आइतबार बस्ने भएको छ । बुधबार बसेको सर्वदलिय बैठकले फागुन १६ गते प्रदेश सभाको बैठक राख्ने विषयमा सहमति भएको सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश सभाको बैठक गत पुस ८ गतेदेखि विपक्षी एमालेको अवरोधका कारण बस्न सकेको छैन । सर्वदलिय बैठकमा फागुन […]

एमालेद्वारा बागमती प्रदेश सभा बैठकमा पनि अवरोध

नेकपा एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । बुधबार बोलाएको बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट १४ वटा मन्त्रालय बनाएर प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए । बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका डोरमणि पौडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रुपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्याएकोमा आपत्ति जनाए । साथै उनले अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौति गरेकोमा पनि सरकारको विरोध गरे ।

बागमती प्रदेश सभा बैठक आज

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार दुई पटक स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । प्रदेश सभा बैठक पटक पटक स्थगित हुँदै आएको छ । विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका […]