काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तथा पुनःनिर्माणलाई सरकारले तीव्रता दिएको छ। स्थानीयको आवतजावत सहज बनाउने उद्देश्यले क्षतिग्रस्त पुलहरूलाई प्राथमिकताका आधारमा मर्मत तथा पुनःनिर्माण गर्न लागिएको हो। बाढीबाट क्षति पुगेका पुलमध्ये १२ वटाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ। ती पुलहरूलाई आगामी असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी काम […]
हुम्ला । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–४ स्थित थाहा खोलामा माथिबाट लेदोसहितको बाढी आएपछि सडक अवरुद्ध हुनुका साथै आसपासका खाद्यान्न बालीमा क्षति पुगेको छ । सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय खगेन्द्र धामीले खोलामा आएको बाढीले आसपासको खेतीयोग्य जमिनमा लगाइएको बाली नष्ट […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन्। सभापति थापाले मंगलबार अपिल जारी गर्दै आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनलाई विशेष महत्त्वका साथ लिएर सक्रिय सहभागिता जनाउन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिबासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार साहलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। जग्गा ट्रायलसम्बन्धी काम गरिदिने प्रयोजनका लागि साहले सेवाग्राहीसँग दुई लाख रुपैयाँ मागेको सूचना पाएपछि आयोगको बर्दिबास कार्यालयले निगरानी गरेको थियो। आयोगका अनुसार सेवाग्राही र साहबीच पहिलो किस्ताबापत एक लाख रुपैयाँ बुझाउने सहमति […]