फलफूलको परनिर्भरता चुलिंंदै, करीब ७ अर्बको फलफूल आयात हुँदा सबैभन्दा बढी चीनबाट स्याउको आयात

चैत ५, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महीनामा फलफूलको आयात अकासिएको छ ।            सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० रुपैयाँ बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । छिमेकी मुलुक चीनबाट ३ अर्ब २२ करोड २२ लाख ३० हजार मूल्यका विभिन्न जातका ३ करोड ८३ लाख ५९ हजार १३३ केजी स्याउ आयात भएको भन्सार विभागले बताएको छ ।             नेपालमा स्याउ खेतीको प्रचुर सम्भावना छ । यति हुँदाहुँदै पनि डरलाग्दो आयात हुनुले नेपालमा फलफूलको परनिर्भरता चुलिंदै गएको देखिन्छ । नेपाल सरकारले आगामी तीन वर्षमा नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने घोषण आर्थिक वर्ष २०७७/ ७८ को बजेट पुस्तिकामार्फत घोषणा गरेको थियो ।            नेपालमा ठूलो परिमाणमा स्याउ आयात हुने अर्का छिमेकी मुलुक भारत हो । चालू आर्थिक वर्षको माघ मसान्तसम्म भारतबाट १ अर्ब १५ करोड ३२ लाख ५६ हजार रुपैयाँ बराबरको ११ लाख ५३ हजार २५६ केजी स्याउ आयात भएको भन्सार विभागले बताएको छ । विभागका अनुसार सोही अवधिमा टर्कीबाट २६ लाख २५ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । समग्रमा चालू आर्थिक वर्षको पहिलो सात महीनामा कुल ४ अर्ब ३७ करोड ८१ लाख ११ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।            यसैगरी सोही अवधिमा नेपालमा  ७८ करोड ५१ लाख १५ हजार ६०० रुपैयाँ बराबरका सुन्तलाको आयात भएको छ । नेपालमा सुन्तला भारत, दक्षिण अफ्रिका र इजिप्टबाट आउने गर्छ । सो अवधिमा भारतबााट ७७ करोड ४८ लाख ७२ हजार रुपैयाँ, साउथ अफ्रिकाबाट ९० लाख ७७ हजार रुपैयाँ र टर्कीबाट ११ लाख ६६ हजार ६०० रुपैयाँ बराबरका कुल १ करोड ४५ लाख ७० हजार ३ केजी सुन्तलाको आयात भएको छ ।             त्यस्तै चालू आर्थिक वर्षको पहिलो सात महीनामा भारतबाट ५३ करोड ९६ लाख ५ हजार रुपैयाँ बराबरको ६८ लाख ८४ हजार ३९६ केजी कागती आयात भएको छ । पाँच प्रकारका फलफूलमा कागतीको आयात तेस्रो स्थानमा छ । कागतीमा ९० प्रतिशत भारतमा निर्भर हुनु परेको कृषि तथ्यांकले देखाएको छ । पहाडी डाँडाकाँडामा राम्रो आम्दानी लिन सकिने कागती खेतीमा पछिल्लो समय नेपालीको आकर्षण बढ्दै गएको छ । १०० मिटरको उचाइदेखि २ हजार ४०० मिटरको उचाइमा ८०० मिलीमिटरदेखि १ हजार २०० मिलीमिटर पानी पर्ने तर पानी नजम्ने स्थानमा कागती खेती गर्न सकिन्छ । कागतीलाई सुन खेतीका नामले पुकारिन्छ । झन्डै १३ रोपनी जग्गामा कागती खेती गर्दा करीब १० लाख रुपैयाँ आम्दानी हुने कृषि विज्ञको भनाइ छ ।             नेपालमा आँपको परनिर्भरता पनि बढ्दै गएको छ । तराई र भित्री मधेसमा आँप खेती गर्न सकिन्छ । तर आयात भने रोकिएको छैन । चालू आर्थिक वर्षको पहिलो सात महीनामा  ४५ करोड ९२ लाख ६० हजार रुपैया बराबरका विभिन्न जातको ९५ लाख ७४ हजार ५३४ केजी आँप भारत, थाइल्यान्ड र युगान्डाबाट आयात भएको छ ।             त्यस्तै सोही अवधिमा अंगुरको आयातमा उल्लेखनीय वृद्धि भएको छ । नेपालमा विशेष गरी चीन, भारत र इजिप्टबाट अङ्गुरको आयात हुने गर्दछ । चालू आर्थिक वर्षको पहिलो सात महीनामा ४५ करोड ५६ लाख ७७ हजार रुपैयाँ बराबरका सुक्खा र ताजा गरी कुल ४८ लाख ९३ हजार ८ किलोग्राम अंगुर आयात भएको तथ्याँङ्क छ ।             यसैगरी सोही अवधिमा नेपालमा भारतबाट झन्डै १० करोड रुपैयाँ बराबरको भुइँकटहर, युगान्डा र मेक्सिकोबाट २ करोड रुपैयाँको एभोकाडो, भारतबाट १६ करोड रुपैयाँको खर्बुजा, चीनबाट १३ करोड रुपैयाँको नासपाती, भारतबाट ४ करोड रुपैयाँको किवी, ९ करोड रुपैयाँको अनार तथा चीन र भारतबाट अमिलो तथा अमिलोजन्य एंव विभिन्न थरीका अन्य फलफूल गरी झन्डै ३ अर्ब रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । रासस

सम्बन्धित सामग्री

पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख […]

काँकरभिट्टाबाट नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

काठमाडौँ- कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ। चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ। कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको […]

तीन महिनामा रु तीन अर्बभन्दा धेरैको फलफूल आयात

काठमाडौँ,१४ कार्तिक । नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन । बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ […]

७५ करोडको फलफूल आयात

काठमाडाैं । यो वर्षको तिहारमा ७५ करोडको फलफूल आयात भएको छ । भारतीय चक्लेटी स्याउ १० करोडको, चिनियाँ स्याउ २० करोड रुपैयाँको आयात हुदा मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको व्यवसायीले बताएका छन् । नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको छ । नेपालमा भारतीय केराको ७० […]

साउन‍ महिनामा ७ अर्बभन्दा बढीकाे अन्न, तरकारी र फलफूल आयात

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालमा विदेशबाट आयात हुँदै आएका वस्तुहरु घटेपनि एक महिनामै सात अर्बभन्दा बढीको अन्न, तरकारी र फलफूल आयात भएको छ। भन्सार विभागले जारी गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै विदेशबाट ३ अर्ब ५९ करोड ४० लाख ४९ हजार बराबरको अन्न आयात भएको छ। नेपालबाट […]

एक वर्षमा साढे १७ अर्बको फलफूल आयात

काठमाडौँ- नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ । […]

एक वर्षमा साढे १७ अर्बको फलफूल आयात

काठमाडौँ – नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट करिब साढे १७ अर्ब रुपैयाँको फलफूल आयात गरेको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको फलफूल नेपाल भित्रिएको हो। सो अवधिमा १७ अर्ब ४६ करोड २२ लाख ५६ हजार रुपैयाँको फलफूल नेपालले आयात गरेको विभागले जनाएको छ। उक्त मूल्यमा […]

पूर्वी नाकाबाट रु ४६ करोडको फलफूल आयात

काठमाडौँ,१४ असार । पूर्वी नाका काँकडभिट्टा हुँदै रु ४६ करोडको फलफूल आयात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्ममा रु ४५ करोड ९७ लाख २७ हजार बराबरको आठ हजार २३६ मेट्रिक टन फलफूल आयात भएको हो । आयातित फलफूलबाट कार्यालयले निवेदन दस्तुरवापत मात्र रु १२ लाख राजस्व […]

चालु आर्थिक वर्षको ११ महिनामा १६ अर्ब बढीको फलफूल आयात

काठमाडौँ – देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवाजति खाडीमा । तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ ।  भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा रु १६ अर्ब बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ […]

तथ्यांकोवाच : करीब ५३ लाख रुपैयाँको परिरक्षित फलफूल आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा करीब ५३ लाख रुपैयाँ बराबरको परिरक्षित (प्रिजर्भ्ड) फलफूल आयात भएको छ । विगत १३ वर्षको तथ्यांकको विश्लेषण गरी हेर्दा यस अवधिमा परिरक्षित फलफूल आयातको औसत वार्षिक वृद्धिदर करीब १८ प्रतिशत रहेको छ ।  उक्त प्रवृत्तिलाई दृष्टिगत गर्दै परिरक्षित फलफूल उत्पादनमा सही रणनीति अवलम्बन गर्ने हो भने मुलुक केही वर्षभित्रै यस्तो फलफूलमा आत्मनिर्भर हुने निश्चित छ । यहाँ प्रस्तुत तथ्यांकले परिरक्षित फलफूल व्यवसायमा व्यावसायिक लगानीको उज्ज्वल सम्भावना रहेको पुष्टि हुन्छ । यसका लागि सरकारले उचित वातावरण सृजना गर्नु आवश्यक देखिन्छ ।