कसुरजन्य सम्पत्तिको एकीकृत विवरण प्रणाली छिटो विकास गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धान निकाय र अदालतबाट प्राप्त फैसलाका आधारमा जफत भएका कसुरजन्य सम्पत्ति तथा साधनको एकीकृत विवरण प्रणाली यथाशीघ्र तयार गर्न गृह विभागलाई निर्देशन दिएका छन्। आज कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमनका क्रममा मन्त्री अर्यालले विभागको कार्यप्रगतिबारे जानकारी लिँदै रोक्का वा नियन्त्रणमा लिइएका सम्पत्ति तथा साधनको प्रविधिमैत्री र प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्। […]