चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । मतदातामा चुनावी उत्साह देखिन थालेको छ । स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा छवटा निर्वाचन क्षेत्र रहेका छन्, जसमा एक सय १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् […]