काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) प्रभावकारी कार्यान्वयनका लागि मंगलबार सरोकारवालासँग अभिभुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विभागका अनुसार उक्त प्रणालीले विदेशी नागरिकको स्थानीय दर्ता, सुरक्षा निगरानी, अपराध अनुसन्धान तथा विपद् व्यवस्थापनमा सहयोग पुर्याउनेछ। होटल, ट्रेकिङ एजेन्सी, वायुसेवा, बैंक, टेलिकमलगायत सेवा प्रदायक संस्थालाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध हुन आग्रह गरिएको छ। […]