काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ नानू बाँस्तोलाले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् । बाँस्तोलाले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार भइरहेको मनोनयन दर्ता प्रक्रियाअन्तर्गत सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी हुन् । उनी कांग्रेसको केन्द्रीय सदस्यसमेत हुन् । बाँस्तोला विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छिन्। उनले नेपाल विद्यार्थी संघको […]