सार्वजनिक स्थलमा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-१० महिलावार बजारमा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति र सामाजिक शिष्टाचार प्रतिकूल हुने गरी अश्लील नृत्य गरेको आरोपमा देवदह नगरपालिका- ७ की ३० वर्षीया चाहना […]