एमालेमा स्वास्थ्य क्षेत्रबाट डा झलक शर्मा गौतम उम्मेदवार, पूर्वस्वास्थ्य मन्त्रीहरु कहाँ भिड्दैछन्?

नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत मंगलबार निर्वाचन हुँदैछ। निर्वाचनमा स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा झलक शर्मा गौतम केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन्। उनी स्वास्थ्य सेवामा महाशाखा प्रमुखसम्म भएर अवकाश प्राप्त गरेका हुन्।