एक दिन म कार्यरत निकायमा ‘रातामकै’ अर्थात् किरण केसी र ‘मुखाँ हान्नुजस्तो’ अर्थात् शिवहरि पौडेल आउनु भएको थियो। परिचय हुँदै जाँदा मैले आफ्नो घर रोल्पा भन्दा बित्तिकै उहाँ दुवै जनाले ‘खोइ खोइ रोल्पाका मान्छेलाई छुँदा कस्तो हुँदो रहेछ?’ भन्दै मेरो काँध र पिठ्यूँमा छामछुम पार्नु भएको थियो।