सरकारले हिउँदे अधिवेशनलाई अन्त्य गरेकोमा राष्ट्रिय जनमोर्चाले त्यसको विरोध गरेको छ । अधिवेशन अन्त्य गर्ने निर्णयलाई अधिनायकवादी तथा निरंकुश कदम भन्दै जनमोर्चाले त्यसको भत्सर्ना गरेको हो ।अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओली ओली पुनःस्थापित संसदका समेत विरुद्ध रहँदै आएका छन् । पुनस्र्थापित संसद विरुद्धको मानसिकताका कारण नै सरकारले संसद अधिवेशन शुरु भएदेखि नै संसदलाई कुनै बिजिनेस (काम) नै नदिई पङ्गु बनाउने र संसदले उठाएका विषयमा कुनै