नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गर्न एक उच्च स्तरीय समिति बनाउन उपयुक्त हुने अर्थ मन्त्रालयले बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अध्ययन समिति गठन गर्नुपर्ने बताए ।उनले उक्त समितिमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ समेत राख्नुपर्ने बताए । उक्त समितिले १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी प्रक्रिया अघि बढाउनुपर्ने अर्थमन्त्री शर्माको भना