बस खाल्डोमा खस्दा २५ जना घाइते

इनरुवा : सुनसरीको कोसी गाउँपालिका–७ हरिपुर सडकखण्डमा बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६५६४ नंको बस अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो । विपरीत दिशाबाट आउँदै गरेको साइकलमा सवार यात्रुलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार […]