नेकपा एमालेले लडाकु शिविर घोटाला लगायत चर्चामा आएका सबै काण्डहरूको छानबिन गर्न सरकारसँग माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकमा १६ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमालेले यस्तो माग गरेको हो । “लडाकु शिविर घोटाला काण्ड लगायत चर्चामा आएका सबै काण्डहरुको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ […]