रात्रिकालीन व्यवसायमाथि सरकारको वक्र दृष्टि, निर्वाध व्यवसाय चल्न दिन पर्यटन बोर्डको माग

काठमाडौं । रात्रिकालीन व्यवसायमा सरकारले लगाएको प्रतिबन्ध अझैं पूर्णरुपमा हट्न सकेको छैन । कोभिड–१९ पछि स्वास्थ्य सुरक्षाको जोखिमलाई देखाउँदै बन्द गरिएका अन्य व्यावसायिक क्षेत्रहरु खुला भइसकेको अवस्थामा सरकारले रात्रिकालीन सेवामा भने आंशिक प्रतिवन्ध कायम राखिरहेको छ । सरकारको यस्तो नीतिका कारण मनोरञ्जन पर्यटन व्यवसायको क्षेत्र  अर्थात् रात्रिकालीन व्यवसायमा संलग्न हजारौं पर्यटन व्यवसायी प्रभावित भएका छन् । विशेषतः रेष्टुरेन्ट, बार, डिस्को, क्यासिनो, रोधी घर, नाइट क्लब तथा स्पा से

सम्बन्धित सामग्री

विराटनगरमा राति १२ बजेसम्म होटेल चलाउने निर्णय

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्र रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि महानगरको समन्वयमा अयोजित सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटेल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधवारको उक्त बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटेल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि पटकपटक महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए ।  व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले समन्वय गरेर प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटेल व्यवसायी संघ, उपभोक्तासँग सम्बद्ध संस्थासहित सरोकारवालाको बैठक राखेको हो ।  बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिश गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिले होटेल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायत मापदण्ड समेटेर कार्यविधि बनाउनेछ । मेयर कोइरालाका अनुसार व्यवसायीले सोही कार्यविधिभित्र रहेर रात्रिकालीन व्यवसाय सञ्चालन गर्नुपर्नेछ । व्यवसायीको पीडा बुझेर महानगरले सरोकारवालाको बैठक राखेको कोइरालाको भनाइ छ । विराटनगरको व्यवसाय प्रवर्द्धनमा महानगरपालिका सधैं गम्भीर रहेको उनले बताए । व्यवसायी पनि एक ढिक्का भएर सहयोग गर्नुपर्नेमा उनले जोड दिए । ग्राहक आएर होटेल र पसल ढिलोसम्म सञ्चालन भए छेउको अर्को व्यवसायीले पुलिसलाई खबर गर्ने गरेको आफूले थाहा पाएकाले व्यवसायीले पनि एकअर्कासँग दुस्मनी होइन, सहकार्य गरेर अघि बढ्नुपर्ने मेयर कोइरालाको सल्लाह छ ।  उपमेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा बसेको बैठकमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय व्यापार व्यवसाय प्रवर्द्धनका लागि कुनै कसर बाँकी नराख्ने बताए । ‘व्यवसायीको पीडा बुझेर महानगरले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि निकै नै चासो देखाएको छ । मेयर–उपमेयर केही गरौं भन्ने भावनाले प्रेरित भएको मैले पाएँ,’ उनले भने, ‘कानूनको परिधिभित्र बसेर गरिने व्यापार व्यवसाय प्रवर्द्धन गर्न प्रमुख जिल्ला अधिकारीको नाताले म सधैं तत्पर छु ।’  प्रमुख जिल्ला अधिकारी भट्टराईले कानूनले वर्जित गरेकाभन्दा अन्य व्यवसाय सञ्चालनमा समस्या नहुने उल्लेख गरे । सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरेर सुरक्षा दिने उनको प्रतिबद्धता छ । भट्टराईले होटेल परिसर र बाहिर सीसी क्यामेरा जडान गर्न व्यवसायीलाई आग्रह गरे । त्यस्तै ध्वनिप्रदूषण नगर्न पनि उनले सुझाव दिए । प्रविधि प्रयोग गरेर कोठाभित्रको आवाज बाहिर नजाने बनाउन सकिने भन्दै भट्टराईले त्यसतर्फ ध्यान दिन व्यवसायीलाई आग्रह गरे ।  उपमेयर कार्कीले महानगरले अघि सारेको योजनाले सार्थकता पाएको बताइन् । उनले आफूहरूले पहिलादेखि नै होटेल र अन्य व्यवसाय राति ढिलोसम्म सञ्चालन गर्न दिनुपर्छ भन्ने मान्यता राख्दै आएको स्पष्ट पारिन् । कोरोना महामारीपछि होटेल व्यवसाय धराशयी भएको भन्दै व्यवसायीले राति पनि व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएका छन् ।  अहिले साढे ९ नबज्दै प्रहरीले नै सटर बन्द गराउने गरेको व्यवसायीको गुनासो छ । राज्यले व्यवसायमैत्री वातावरण नबनाए पलायनको विकल्प नभएको उनीहरू बताउँछन् ।  बैठकमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पर्यटन समिति संयोजक भवीशकुमार श्रेष्ठ, होटेल एशोसिएशनका राजन श्रेष्ठ, विराट होटेल व्यवसायी संघका सचिव खिलकुमार सुवेदी, रात्रिकालीन होटेल व्यवसायी संघका सचिव नारायण तिम्सिना, होटेल तथा पेय पदार्थ व्यवसायी संघका अध्यक्ष सुरज श्रेष्ठ, पर्यटन व्यवसायी पुण्य भट्टराई, उपभोक्ता जागरण अभियानका कृष्णप्रसाद भण्डारी मार्सेली, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेललगायतले भारतीय नम्बर प्लेटका सवारीसाधन, भारतीय रुपैयाँ बोकेर आउने पर्यटकलाई दु:ख दिने क्रम रोक्नुपर्ने, भारतीय पक्षसँग समन्वय गरेर राति १२ बजेसम्म भन्सार नाका खोल्नुपर्ने, मापसे चेकजाँचलाई व्यवस्थित बनाउनुपर्ने लगायत माग राखेका थिए ।  भारतीय पर्यटकलाई आकर्षित गर्न सुरक्षा निकाय, स्थानीय सरकार र व्यवसायीले पर्यटकमैत्री वातावरण बनाउनुपर्नेमा उनीहरूले जोड दिए । रात्रिकालीन व्यवसाय सञ्चालन हुँदा राज्यको करसमेत वृद्धि हुने महानगरको राजस्व महाशाखा प्रमुख सरोज गौतमले बताए । उनले व्यवसायीले तिर्न बाँकी मनोरञ्जन लगायत कर बुझाउन आग्रसमेत गरे ।

पोखराको लेकसाइडमा बढ्यो रात्रिकालीन व्यवसाय

कास्की  । पोखराको लेकसाइड चौबीसै घण्टा खुला भएपछि रात्रीकालीन व्यवसाय बढ्न थालेको छ । कोभिड–१९ को संक्रमणका कारण ठप्प भएको व्यवसायलाई चलायमान गराउन सरकारले पर्यटकीय क्षेत्रलाई चौबीसै घण्टा खुलाउन दिने निर्णयसँगै पोखराको लेकसाइड क्षेत्रको रात्रिकालीन व्यवसायमा चहलपहल बढेको हो । गत बुधवार सरकारले पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, चितवनको सौराहा, काठमाडौंको ठमेल, दरबारमार्ग लगायत क्षेत्रमा रात्रिकालीन व्यवसाय चौबीसै घण्टा खुल्न दिने निर्णय गरेको थियो । प्रहरी प्रशासनको निर्देशनमा लेकसाइडका रात्रिकालीन व्यवसाय यसअघि राति १० बजेसम्म सञ्चालन हुँदै आएका थिए । रातिको समयमा पर्यटक रमाइरहेको बेला प्रहरीले व्यवसाय बन्द गराउँदा पर्यटक र व्यवसायी दुवैले विगतमा गुनासो गर्दै आएका थिए । दुई वर्षदेखि कोरोना संक्रमणले थला परेको व्यवसाय अब चलायमान हुने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । कोरोना संक्रमण पहिले पर्यटक आगमन बढ्ने आशामा व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो लागानी गरेका थिए । त्यसै समयमा कोरोना संक्रमण बढेसँगै पर्यटन क्षेत्र शिथिल बनेको थियो । अहिले कोरोनाको संक्रमण कम हुँदै गएको, कोभिडका सबै प्रतिबन्ध हटाइएको र पछिल्लो समय सरकारले चौबीसै घण्ट रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेकाले पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । स्थानीय पर्यटन व्यवसायी गोविन्द शर्माले सरकारको उक्त निर्णयले कोभिड प्रभावित पर्यटन उद्योगमा आशा जगाएको बताए । ‘कोरोना संक्रमणका कारण व्यवसाय ठप्प भयो । कोरोना संक्रमण कम भएर खोलिएको समयमा पनि आन्तरिक पर्यटक मात्र आए । आन्तरिक पर्यटकको भरमा व्यवसाय दिगो रूपमा चल्न सक्दैन,’ उनले भने, ‘अहिले कोरोना संक्रमण घटेको र रात्रिकालीन व्यवसाय बढ्ने भएकाले सम्बद्ध व्यवसायी उत्साहित भएका हुन् ।’ सरकारले ढिलै भए पनि पर्यटनमैत्री निर्णय गरेकाले नेपालको पर्यटन क्षेत्रका बारेमा सकारात्मक सन्देश जाने उनले बताए । उनका अनुसार व्यवसायीले विगतमा राति १० बज्न नपाउँदै होटल, रेष्टुराँ बन्द गराउँदै हिँड्ने प्रहरीबाट हैरानी बेहोर्दै आएका थिए । राति अबेरसम्म व्यवसाय खुल्न थालेपछि पोखरामा आन्तरिक तथा बाह्य पर्यटक उत्साहित देखिएका छन् । रात्रिकालीन व्यवसायमा होटल, लाउन्ज बार, डान्स क्लब, रेस्टुराँ, दोहोरी साँझलगायत पर्छन् । व्यवसायीको हितलाई ध्यानमा राख्दै चौबीसै घण्टा रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय सकारात्मक भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । लामो समयदेखि थला परेको पर्यटन व्यवसायको पुनरुत्थानमा समेत यसले टेवा पुग्ने विश्वास उनको छ । ‘चौबीसै घण्टा व्यवसाय खोल्दा दुई सिफ्टमा कर्मचारी आवश्यक पर्ने भएकाले थप रोजगारी सृजना हुन्छ । रोजगारीसँगै व्यवसायीको आम्दानी पनि बढ्छ,’ उनले भने । लामो समयदेखि व्यवसायीले लेकसाइडका व्यवसाय चौबीसै घण्टा खोल्नदिन माग गर्दै आएकोमा अहिले पूरा भएको उनको भनाइ छ ।

२४ सै घण्टा व्यवसाय खुलेपछि पोखराको लेकसाइडमा बढ्यो चहलपहल

चैत ७, कास्की । पोखराको लेकसाइड २४सै घण्टा खुल्ला भएपछि रात्रीकालीन व्यवसाय चम्कन थालेको छ । कोभिड–१९ को संक्रमणका कारण ठप्प भएको व्यवसायलाई चलायमान गराउन सरकारले पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा खुल्ला गर्न दिने निर्णयसँगै पोखराको लेकसाइड क्षेत्रको रात्रीकालिन व्यवसायमा चहलपहल बढेको छ । सरकारले पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, चितवनको सौराह, काठमाडौंको ठमेल र दरबारमार्ग लगायतका क्षेत्रलाई २४ सै घण्टा खुला गर्ने निर्णय गरेपछि खुलेका पर्यटकीय क्षेत्र गुल्जार बन्न थालेका हुन् । प्रहरी प्रशासनको निर्देशनमा लेकसाइडका व्यवसाय यसअघि राति १० बजेसम्म सञ्चालन हुँदै आएका थिए । रातीको समयमा पर्यटक रमाइ रहेको बेला प्रहरीले व्यवसाय बन्द गराउँदा पर्यटक र व्यवसायी दुवैले विगतमा गुनासो गर्दै आएका थिए । विगत दुई वर्षदेखि कोरोना संक्रमणले थला परेको व्यवसाय अव चलायमान होला की भन्ने आशामा   पर्यटन व्यवसायी पनि उत्साहित छन् । कोरोना संक्रमण पहिले पर्यटक आगनम उच्चरुपमा बढ्ने आशमा व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो धनराशी लागानी गरेका थिए । त्यसै समयमा एकाएक कोरोना संक्रमण बढेसँगै सरकारले लकडाउन गरेकाले व्यवसयिक क्षेत्रमा सन्नाटा छाएको थियो । अब, विस्तारै संक्रमण कम हुँदै गएको र सरकारले केही समय पहिले निषेधाज्ञा हटाएकाले पनि पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने योजना बनाएको छ । सरकारको यो निर्णयपछि पोखराका पर्यटन व्यवसायी उत्साहित   भएका हुन् । पर्यटन व्यवसायी गोविन्द शर्माले सरकारले २४ सै घण्टा पर्यटकीय क्षेत्रमा व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि थलापरेको पर्यटन उद्योगमा आश जगाएको बताए । उनी भन्छन्, ‘कोरोना संक्रमणका कारण व्यापारव्यवसाय ठप्प  भयो । कोरोना संक्रमण कम भएर खोलिएको समयमा पनि केही मात्रमा आन्तरिक पर्यटक मात्र आए । दुई वर्षदेखि बाह्यि पर्यटक आगमन ठप्पै छ । आन्तरिक पर्यटकको भरमा व्यवसाय चल्ने कुरै भएन । अब, कोरोना संक्रमण रोकिने र रात्रिकालिन व्यवसाय समेत फष्टाएको अवस्थामा व्यवसायीलाई राहत मिल्ने आशा गरेका छौं ।’ उनले विभिन्न देशमा पर्यटकीय क्षेत्र २४ सै घण्टा खुल्ला रहने भएपनि नेपालमा राती १० बजे व्यवसाय बन्द गर्नु पर्दा समस्या झेल्दै आएको बताए ।  उनले सरकारले ढिलै भएपनि पर्यटनमैत्री निर्णय गरेकोले नेपालको पर्यटन क्षेत्रका बारेमा सकारात्मक सन्देश जाने बताए । उनका अनुसार व्यवसायीले विगतमा राती १० बज्न नपाउँदै होटल, रेष्टुरेण्ट बन्द गराउँदै हिंड्ने प्रहरीबाट हैरानी व्योहोर्दै आएका थिए ।  यो निर्णयपछि पोखरालगायत आसपासको व्यवसायमा राम्रो प्रभाव पार्नेछ ।’  गत बुधवार सरकारले २४ सै घण्टा खोल्न दिन निर्णय गरेपछि लेकसाइड पनि राती अबेरसम्म खुल्न थालेको छ । त्यतिमात्र नभएर बेलुका अबेरसम्म व्यवसाय खुल्न थालेपछि आन्तरिक तथा बाह्यि पर्यटक रमाइरहेका छन् । रात्रिकालीन व्यवसायमा होटल, लाउन्ज, डान्स क्लब, रेस्टुरेन्ट, बार, दोहोरी साँझलगायत पर्छन् । व्यवसायीको हितलाई ध्यानमा राख्दै २४ सै घण्टा व्यवसाय खोल्न दिने निर्णय सकारात्मक भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अध्यक्ष सुवेदीले लामोसमयदेखि थला परेको व्यवसाय विस्तारै तंग्रिने पनि बताए । उनले भने,‘२४ सै घण्टा व्यवसाय खोल्नु पर्ने भएकाले दुई सिफ्टमा कर्मचारी आवस्यक पर्ने भएकाले रोजगारी बढछ । रोजगारीसँगै व्यवसायीको आम्दानीसमेत बढ्छ ।’ लामो समयदेखि व्यवसायीले लेकसाइडका व्यवसाय २४ सै घण्टा खोल्नका लागि माग गर्दै आएकोमा अहिले पूरा भएको उनको भनाइ छ ।

दोहोरी साँझ र डान्स बार अब रातभर खुल्ने

रात्रिकालीन व्यवसाय अब रातभर सञ्चालन हुन पाउने भएका छन् । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायलाई २४सै घण्टा सञ्चालनको अनुमति दिएको हो । होटल, रेस्टुरेन्ट, डान्स बार, डान्स क्लब, दोहोरी साँझ, रोधी घर, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसाय सञ्चालनको समय सीमा हटाउँदै गृहले २४सै घण्टा चल्न दिने निर्णय गरेको स्रोतले बताएको छ । गृहमन्त्री बालकृष्ण खाँणले रात्रिकालीन व्यवसाय सञ्चालनको मापदण्ड बनाउन गठन गरेको अध्ययन कार्यदलले २४सै घण्टा सञ्चालन गर्न दिन गरेको सिफारिस अनुसार गहृले निर्णय गरेको हो । गृहमन्त्री खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय अध्ययन कार्यदल बनाएका थिए ।प्रहरी प्रशासनले विकृति हुने भन्दै रात्रिकालीन व्यवसाय राति ९ बजेदेखि बन्द गराउँदै आएको थियो । तर, कतिपय व्यस्त स्थानमा भने व्यवसायीले रातको १ बजेसम्म यस्ता व्यवसाय चलाउँदै आएका थिए । राती अवेरसम्म रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा व्यवसायी र प्रहरीबीच आर्थिक लेनदेन हुने गरेको शंका हुँदै आएको थियो । केही समय अघि अर्थ मन्त्रालयमा आयोजित ‘पुँजीगत खर्च सम्बन्धी अन्तर–मन्त्रालय छलफल’मा गृहमन्त्री खाँणले होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्ने प्रस्ताव गरेका थिए ।  उनले प्रस्तावमा यसले व्यवसाय बढ्ने र त्यसले सरकारको राजस्व बढ्ने दाबी गरेका थिए ।पर्यटन चलायमानरात्रिकालिन व्यवसाय खुला हुँदा आन्तरिक र बाह्य पर्यटन पनि फस्टाउने अपेक्षा व्यवसायीहरुको छ । काठमाडौँको ठमेल, पोखराको लेकसाइट र चितवनको सौराहामा रात्रिकालिन व्यवसायको माग उच्च रहेको पर्यटन बोर्ड बताउँछ ।यसअघिःरात्रिकालिन व्यवसाय खुलाउन गृहको ‘ग्रीन सिग्नल’, व्यवसायी उत्साहितकोरोना महामारी सुरु हुनुभन्दा अगाडी ठमेल, सौराहा र लेकसाइडका व्यवसायीले पटक पटक यो विषय उठाउँदै आएका थिए । विदेशका पर्यटकीय गन्तव्यको मुख्य आकर्षण रात्रिकालिन व्यवसाय पनि भएकाले नेपालमा पनि यस्तो व्यवसाय सञ्चालन गर्न दिईनुपर्ने पोखराका पर्यटन व्यवसायी हरि भुजेल बताउँछन् ।रोजगारीमा वृद्धिदिउँसोको समयमा मात्रै व्यवसाय चल्दा जति रोजगारी सिर्जना भएको छ, रातीको समयमा पनि चल्दा सोही बराबरको रोजगारी सिर्जना हुने रेष्टुरेन्ट तथा होटल व्यवसायीको भनाई छ । ‘व्यवसाय दिनमा र रातमा गरी दोब्बर समय चल्ने भएपछि होटल तथा रेष्टुरेन्टलाई कामदार पनि दोब्बर संख्यामै चाहिन्छ’ पर्यटन व्यवसायी राज मैनाली भन्छन्, ‘साना साना गन्तव्यमा पनि यस्तो व्यवसाय बढाउँदै लैजानुपर्छ, यसले रोजगारीसँगै स्थानीय उत्पादनको खपत बढाउँछ ।’रात्रिकालिन यातायातको विस्तारअहिले रात्रिकालिन यातायातको सुविधा कमजोर छ । ठमेल, दरबारमार्ग लगायतका क्षेत्रमा ट्याक्सीले रात्रिकालिन सेवा दिने गरेको भएपनि त्यो पर्याप्त छैन । यदि रात्रिकालिन व्यवसाय खुलेको अवस्था र होटल तथा रेष्टुरेन्ट पनि २४ सै घण्टा खुल्ने अवस्था आएमा सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ ।यदि, सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गरेको खण्डमा सेवाग्राहीले सस्तोमा सेवा पाउने र यातायात व्यवसाय पनि फस्टाउने व्यवसायीहरुको दाबी छ ।

निषेधाज्ञा अघि झैं व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने ठमेलका व्यवसायीकाे माग

काठमाण्डाै – काठमाण्डाैकाे ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका हुन् । काेराेना संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाण्डाैको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पुर्‍याएको छ । रात्रिकालीन व्यवसाय  प्राय ठप्प छ । ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरु वि...

निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन ठमेलका व्यवसायीको माग

काठमाडौं ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले सो माग गरेका हुन् । कोभिड १९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पु¥याएको छ । रात्रिकालीन व्यवसाय ठप्प प्रायः छ । ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै व्यव

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न माग

काठमाडौँ– कोराना महामारीले बन्द गरिएका रात्रीकालिन व्यवसायहरु सञ्चालनमा आउनुपर्ने भन्दै ठमेल पर्यटन विकास परिषद्ले काठमाडौं प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् । मंगलबार परिषद्को टोलीले कोरोना महामारीका कारण ठमेल क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएकाले रात्रिकालीनलगाएत अन्य व्यवसाय सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले सहज रुपमा […]

रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिन व्यवसायीको माग

ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ भन्दै परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले यसलाई क्रमशः खोल्दै लानुपर्ने बताए। त्यस क्रममा व्यवसायीले रात्रिकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए।

ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।

रोगभन्दा भोकले मर्न लागे भन्दै ठमेलका रात्रिकालीन व्यवसायी आन्दोलित

काठमाडौं: कोरोना भाइरस महामारीले विगत १० महिनादेखि बन्‍द रहेका ठमेलको रात्रिकालीन व्यवसाय खोल्न व्यवसायीहरुले माग गरेका छन्। व्यवसायीको छाता संगठन ठमेल पर्यटन विकास परिषद्, ठमेल रात्रिकालीन व्यवसायी उपसमितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउँदै रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै रोग भन्दा भोकले