शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय अनुगमन गरिने

जिल्लामा शैक्षिक गुणस्तर वृद्धि गर्न सामुदायिक विद्यालयहरूको प्रभावकारी अनुगमन गरिने भएको छ । जिल्ला शिक्षा समिति ओखलढुङ्गाले सामुदायिक विद्यालयको शैक्षिक स्तर बढाउन नियमित अनुगमन गर्ने निर्णय गरेको हो ।