इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि साताबाट कारोबारमा आउँदै

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर यो हप्तादेखि कारोबारमा आउने भएको छ। बैंकको सेयर सूचीकरणका लागि नेप्सेमा पुगिसकेको जनाइएको छ। नेप्सेमा यही हप्ता सूचीकरण गरेर कारोबारमा आउने तयारी रहेको छ।...

सम्बन्धित सामग्री

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं । दुई कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएका छन् । नारायणी डेभलपमेन्ट बैंकको ५० हजार ४२ कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६ लाख कित्ता संस्थापक शेयर विक्रीमा आएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीले यी शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । इन्फ्रास्ट्रक्चर बैंकको शेयर खरीदका लागि बैंकको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौं र नारायणी डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय, टाँडी, चितवनमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

निफ्राले ८ प्रतिशत बोनस सेयर दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य  लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था गरेसँगै निफ्राले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको हो ।असोज २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश परिमार्जन गरेको हो । योसँगै अब निफ्राले आफ्ना सेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र सो प्रयोजनका लागि लाग्ने करसहितको नगद लाभांश वितरण गर्ने छ ।यसअघि निफ्राले आर्थिक वर्षको नाफाबाट शेयरधन

यी ५१ कम्पनीको शेयर लगानी जोखिममा - धिताेपत्र बाेर्ड

काठमाण्डाै – धितोपत्र बाेर्डमा सूचीकृत विभिन्न ५१ वटा कम्पनी तुलनात्मक रूपमा जोखिम रहेको देखिएको छ । धितोपत्र बोर्डले मङ्गलवार विज्ञप्ति निकालेर विभिन्न ५१ कम्पनी तुलनात्मक रूपमा जोखिम रहेको जानकारी गराएको हो ।बोर्डका अनुसार ५१ कम्पनीको सूचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, विशाल बजारलगायत कम्पनी रहेका छन् । शेयर बजार उच्च अङ्कमा पुगेका बेला जोखिम आँकलन गरेर मात्रै लगानी गर्न बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ । बजार सधैँ बढिरहने मात्र नभइ समय क्रममा घटबढ भइ रहने भएकोले यस बजारमा हल्ला वा ...

यी हुन् साताको कारोबारको पहिलो दिन आज कारोबार उच्च हुने १० कम्पनी

काठमाडौं, १२ बैशाख । साताको कारोबारको पहिलो दिन आज शेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को कारोबार सर्वाधिक भएको छ । नेप्सेको अनुसार बैंकको आज ३९ करोड ५२ लाख भन्दा बढीको कारोबार भएको हो । आइतबार ५ सय ४१ रुपैयाँ बैंकको प्रतिशेयर मुल्य कायम भएको छ ।

निरन्तर घट्दा पनि इन्फ्रास्ट्रक्चर बैंकको शेयर किन्न चाहनेको संख्या ३ गुणा !

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर मूल्य केही दिनयता निरन्तर ओरालो लागे पनि खरिदकर्ताको चाप भने उच्च देखिएको छ । आइतवार दिउँसो सवा २ बजेसम्मको स्थितिमा निफ्राको शेयर मूल्यमा ३१ अंकले गिरावट आए पनि खरिद गर्न चाहनेको संख्या भने बिक्रीकर्ताभन्दा लगभग तीन गुणा छ । दिउँसो २ बजेर १३ मिनेट जाँदाको स्थितिमा १ लाख ८ हजार ३ सय ६० कित्ता शेयर बिक्री अर्डर रहेकोमा किन्न चाहेको कित्ता संख्या २ लाख ९३ हजार १ सय ९९ थियो । अघिल्लो साता कारोवारको अन्तिम दिन बिहीवारजस्तै आइतवार पनि खरिदकर्ता र ब...

नाफा बुक गर्ने लगानीकर्ताको चापले निफ्राको शेयर मूल्य ६६ रुपैयाँ घट्यो

दोस्रो बजारमा कारोबार सुरु भएसँगै लगातार शेयर मूल्य बढाउँदै सकारात्मक सर्किट लगाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सोमबार नकारात्मक सर्किट लागेको छ

इन्फ्रास्ट्रक्चर बैंक सहित ३ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

साताको चौथो दिन बुधवार कारोबारको शुरूवातमा शेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ ।बिहान ११ः ५५ बजेको समयमा बजार ४.८३ अंकले बढ्दै २६०६.३४ विन्दुमा पुगेको छ । कारोबारमा आएका १ सय ९५ कम्पनीमध्ये केही कम्पनीको शेयर मूल्यमा मात्र उच्च वृद्धि देखिएको छ । समाचार तयार पार्दासम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर ९.९...

निफ्राको शेयरमा आवेदन दिने समय १ घन्टा थपियो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयरमा आवेदन दिने समय थपिएको छ । सीडीएस एन्ड क्लियरिङ(सीडीएससी) का अनुसार उक्त शेयरमा आवेदन दिने समय एक घण्टा थपिएकाे हाे । यससँगै इच्छुकले साँझ ६ बजेसम्म मेराे शेयर मार्फत आवेदन दिन पाउने छन् । मेराे शेयरमा प्राविधिक समस्याले गर्दा उक्त शेयरमा आवेदन दिने समय एक घण्टाको लागि थपेको सीडीएसले जनाएको छ ।