भूकम्प प्रभावितको उद्धार टोली तयारी अवस्थामा

आज विहान खोटाङमा गएको ६ म्याग्निच्युडको भूकम्पबाट भएको क्षति र गर्नुपर्ने उद्धारका लागि आवश्यक टोली तयारी अवस्थामा रहन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिनुभएको छ । मन्त्री खाँणले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग भूकम्पबाट पुगेको क्षतिबारे जानकारी लिंदै सम्भावित उद्धारका लागि नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापनको टोली तयारी अवस्थामा रहन निर्देशन दिनुभएको …

सम्बन्धित सामग्री

सभामुखको निर्देशनपछि राज्य व्यवस्था समितिको टोली भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं । भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जाने भएको छ । समितिका सभापति रामहरि खतिवडाको टोलीमा ९ सदस्यीय टोली जाने तयारी भएको छ । सभामुख देवराज घिमिरेले समितिका सभापति रामहरि खतिवडालाई भूकम्पपीडितको अवस्था बुझ्न संसदीय टोली पठाउन निर्देशन दिएका […]

भूकम्प गएलगत्तै तीन वटै सुरक्षा निकाय सक्रिय

भूकम्प गएलगत्तै तीन वटै सुरक्षा निकाय खोज र उद्धारमा सक्रिय बनेको छ । नेपाली सेनाले मेडिकल टिमसहित तीन वटा बटालियन फौज परिचालन गरेको छ । नेपाली सेनाले घाइते र बिरामीको उद्धार तथा राहत सामग्री ढुवानीका लागि पाँच वटा हवाई साधन परिचालन गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भूकम्प प्रभावित क्षेत्रमा भग्नावशेषमा फसेकाको खोज तथा उद्धारका लागि काठमाडौँ, सुर्खेत र नेपालगन्जमा नेपाली सेनाको खोज तथा उद्धार टोली र मिश्रित विपत् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको बताउनुभयो ।

प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै

जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनु भयो । मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा हुनुहुन्छ, आचार्यले भन्नुभयो ।