नेजल स्प्रेबाट दिइने कोरोना भाइरस विरुद्धको खोप विकास गर्दैै जापान

भदौ २८, टोकियो (जापान) । जापानले नेजल स्प्रेबाट दिइने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेको छ ।  त्यहाँको मेई विश्वविद्यालयका वैज्ञानिकहरुले नेजल स्प्रेमार्फत दिन सकिने कोरोना भाइरस विरुद्धको खोप विकास गरिरहेका छन् ।खोप विकासबारे विकास कार्यक्रममा संलग्न विश्वविद्यालयका संक्रामक रोग नियन्त्रण तथा औषधि विभागका प्राध्यापक तेसुया नोजाकाले बताएका हुन् । यस विधिबाट खोप लगाउन सुइले घोच्नु पर्दैन । खोपलाई नाकको दुबै प्वालमा स्प्रे गर्न सकिन्छ । यस विधिबाट  लगाइएको खोपले पनि उपयुक्त स्तरमा एन्टीबडी उत्पादन गर्ने नोजाकाले बताएका छन् । सो खोप सन् २०२० को मार्चदेखि बनाउन थालिएको हो । बूष्टर मात्राको रुपमा प्रयोग गर्न मिल्ने यस खोपलाई कम्तिमा ६ महीनासम्म भण्डारण गरेर राख्न सकिनेबताइएको छ । जनावरहरुमा शुरुआती चरणमा गरिएको परीक्षणले सकारात्मक नतिजा देखाएको छ । खोपको प्रभावकारिताले आफूहरु नै अचम्मित बनेको नोजाका बताउँछन् ।अहिले प्रयोगमा आइरहेका खोपहरु जस्तो यो खोप लगाएपछि ज्वरो आउने जस्ता साइड इफेक्टहरु देखिंने सम्भावना पनि अति नै कम भएको बताइएको छ ।  खोपलाई जापानमा मात्रै नभएर विश्वभर सकेसम्म छिटै प्रयोगमा ल्याउने विकासकर्ताहरुको चाहना छ ।  यो खोप दुई वर्ष भित्र प्रयोगमा आउने अपेक्षा गरिएको छ । सुईबाट खोप लगाउने डर लाग्ने वा ट्राईपानोफोयिबा (सुईदेखि डर लाग्ने रोग) भएकाहरुलाई यो खोपले राहत दिनेछ । एजेन्सी

सम्बन्धित सामग्री

निक्केई ३१ वर्षकै उच्च विन्दुमा

भदौ २९, टोकियो (जापान) । जापानको बेञ्चमार्क शेयर परिसूचक बढेर ३१ वर्षकै उच्च विन्दुमा उक्लिएको छ ।  खोप विकासमा प्रगति भएको खबरका कारण लगानीकर्ताहरु उत्साहित बनेसँगै मंगलवार शेयर बजारमा वृद्धि भएको  हो । खोप मन्त्री तारो कोनोको नेतृत्वमा नयाँ सरकार बन्ने र आर्थिक स्टिमुलसका कार्यक्रमहरु आउने आशाले पनि शेयर बजार उक्लिएको हो । सोमवार बजार बन्द हुँदाको तुलनामा मंगलवार निक्केई २२५ परिसूचकांक बजार बन्द हुँदा २२ दशमलव ७३ अंकको वृद्धिसहित ३० हजार ६७० दशमलव १ अंकमा उक्लिएको छ । यो सन् १९९० को अगष्ट १ यताकै उच्च हो । बृहत टोपिक्स इन्डेक्स पनि २१ दशमलव १६ अंकले बढेर २ हजार ११८ दशमलव ८७ अंकमा पुगेको थियो । यो पनि सन् १९९० को अगष्ट ३ यताकै उच्च हो । बीमा, समुद्री यातायात र तेल तथा कोइला प्रडक्ट उद्योगको शेयरमा उच्च वृद्धि भएको छ । साथै खुद्रा र रेष्टुराँ क्षेत्रको शेयरमा पनि वृद्धि भएको छ । कोरोना भाइरस विरुद्धको खोप कार्यक्रममा प्रगतिका कारण लगानीहरुले धेरै जसो क्षेत्रका शेयर खरीद गरेको बजारसम्बद्ध स्रोतहरुले बताएका छन् । एजेन्सी

जापानले दिएको ५ लाख १३ हजार डोज खोप आज नेपाल आउँदै

काठमाडौं । जापान सरकारले नेपाललाई उपलब्ध गराउन भनेको कोरोना भाइरस विरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । जापानले दिने भनेको एस्ट्राजेनेकाको १६ लाख डोज खोप मध्ये आज ५ लाख १३ हजार डोज नेपाल आइपुग्ने भएको हो । कतार एयरवेजबाट खोप नेपाल आइपुग्ने छ । जापानले दिने उक्त खोप लिनका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ […]

जाँदाजाँदै प्रधानमन्त्री ओलीले सुनाए कोरोना विरुद्धको खोप ‘पर्याप्त’ रहेको विवरण

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट बाहिरिएर जाँदाजाँदै सरकारले कोरोना भाइरस विरुद्धको खोप पर्याप्त जुटाएको विवरण सुनाएका छन् । ओलीले १ करोड ५० लाख डोज खोप सुविधा मूल्यमा आएको र आउने क्रममा रहेको बताए । उनले बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज खोप समेत खरिद प्रक्रियामा रहेको बताए । ओलीले भारत, चीन, अमेरिका, जापान, अस्ट्रेलिया, कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप प्राप्त भएको बताए । ‘अब खोपको अभाव छैन, पर्याप्त छ,’ उनले भने, ‘अब अर्काे सरकारले ल्याइदिएका खोप लगाउन थालेर आजै ल्याएका हु...

विदेशमा थप तीन नेपालीको कोरोनाबाट मृत्यु, ५० देशमा ५३ हजार नेपाली संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट निधन हुनेको कुल संख्या (२० देशका) ३ सय १५ पुगेको छ ।  संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने २ लाख ५३ हजार ८ सय ५७ जना अर्थात ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् । अप्रिलको अन्त्यसम्म नेपालमा पनि कोरोना विरुद्धको खोप आउन सक्ने हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीब्र रूपमा खोप वितरण समेत जारी छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको छ । यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ । बेलायत लगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ। भारतसहित बेलायत, यूरोपेलि मुलुक, अमेरिका लगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि ...