मानुषी लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं, ८ भदौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई भदौ ७ गतेदेखि लागु हुने गरी शेयर रजिष्ट्रारमा नियुक्त गरेको जनाएको छ । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै कम्पनीको शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम नेपाल एसबिआई मर्चेण्टबाट हुने जनाएको छ […]