चाडपर्वमा पनि चलेन चौरजहारी विमानस्थल

दशैँतिहारका बेलामा सञ्चालनमा आउने अपेक्षा गरिएको रुकुमपश्चिमको चौरजहारी विमानस्थल यस पटक पनि सञ्चालनमा आएन । लामो समयदेखि बन्द रहेको सो विमानस्थल सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणले सास्ती पाएका छन् । चौरजहारी नगरपालिका–२ का मदनकुमार गौतमले आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यस वर्ष दशैँतिहारमा सञ्चालन गरिने आशा बोकेको भए पनि निराशामा परिणत भएको बताउनुभयो ।