उद्योगमा अघोषित लोडसेडिङ गरेका कुलमानले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं : विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दै छन्। भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा गर्न नसक्दा मंगलबार रातिदेखि उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ। त्यसबारे जानकारी दिन आज दिउँसो दिउँसो १ बजे विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्न लागिएको उनले बताए। रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बोलकबोलमार्फत बिजुली किन्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्रा

सम्बन्धित सामग्री

लोडसेडिङका नाममा उद्योगीले राजनीति गरेको कुलमानको आरोप

गत चैत १५ गते पुर्वका उद्योगी/व्यवसायीले विराटनगरमा पत्रकार सम्मेलन गरेर नेपाल विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गरेको भन्दै विरोध जनाए। भारतबाट विद्युत आपूर्ति असहज बनेको भन्दै औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ मार थोपरिएको ...

औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ

बिराटनगर । औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ हुँन थालेको भन्दै पूर्वी नेपालका उद्योगीहरुले यही अवस्था रहिरहे सम्पूर्ण उद्योगहरु बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङ र मोरंग व्यापार संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ अन्त्य गरेर उद्योगहरुमा नियमित विद्युत आपूर्ति हुँने वातावरण मिलाउँन माग […] The post औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्युत् संकटले उद्योगी आक्रान्त, दैनिका १४ घण्टासम्म अघोषित लोडसेडिङ

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले संयुक्त पत्रकार सम्मेलन गर्दै यस क्षेत्रमा अघोषित लोडसेडिङका कारण उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

'लोडसेडिङ अन्त्य भइसक्यो, त्यस्तो अवस्था आएको छैन'

काठमाडाैं : नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ। शुक्रबार प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन आयोजना गरी ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताएका छन्।केही सञ्चार माध्यममा अघोषित लोडसेडिङ शुरु भएको र विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि शाक्यले बताए।अहिलेको अवस्थामा केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई