काठमाडौं : पोखरा गोल्डकपको २२ औँ संस्करणको उपाधिका लागि शनिवार ए डिभिजन क्लब संकटा र अमेरिकी टिम भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) प्रतिस्पर्धा गर्दैछन्। खेल दिउँसो १:३० बजे पोखरा रंगशालामा सुरु हुनेछ।बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले विभागीय टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले हराएको थियो। बिहीबार भएको अर्को सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथले नवप्रवेशी चर्च ब्वाइजलाई १–० ले हराएको थियो।पोखरा गोल्डकपमा ६ पटक सहभागी भएको संकटाले एक पटक उपाधि उचालेको छ। संकटा