काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा ३९३९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा २९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ नयाँ संक्रमित थपिएका हुन् ।
काठमाडौंमा हाल १३ हजार ९८६ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भक्तपुरमा १८४६ र ललितपुरमा ३५५५ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।