घोराहीमा दोस्रो अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल सङ्घ दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१८ सालघारीस्थीत कोर्डमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आजदेखि सुरु भएको हो ।