देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा खर्च गरिने

हिन्दूहरुको दोस्रो महान् पर्व तिहार यति बेला तपाई हाम्रो घर आँगनमा भित्री सकेको छ । तिहार भन्ने बित्तिकै दाजु भाइ र दीदी बहिनीको सम्बन्धलाई बलियो बनाउने र दिदी बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्ने पर्व हो । तिहारमा खेलिने देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा लगाउन सके राम्रो हुने नागरिकको सुझाव छ ।कैलालीको टीकापुरमा मन्दिर निर्माणका लागि देउसी भैलो खेल्न थालिएको छ । टीकापुरमा निर्माणाधीन अवस्थामा रहेको बैंकटेश्वर लक्ष्मी नारायण मन्दिर निर्माणका लागि १५ जनाले टोली बनाएर देउसी भैलो खेल्न था