१६ जिल्लामा भएन साक्षरता घोषणा

मुलुकबाट दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने भनी राज्यले प्रतिबद्धता व्यक्त गरेको १४ वर्ष बित्दा पनि १६ जिल्ला अझैसम्म निरक्षरमुक्त हुन सकेका छैनन्। सरकारले २०६५ सालमा दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने लक्ष्य अगाडि सारेको थियो। बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउँदासम्ममा मधेश प्रदेशका कुनै पनि जिल्ला साक्षर घोषणा भएका छैनन्। लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी जिल्ला साक्षर घोषणा हुन बाँकी छ। हालसम्म ६१ जिल्ला साक्षर घोषित भइसकेका छन्। प्रदेश १ लाई बिहीबार साक्षर प्रदेश घोषणा गरिँदैछ। हालसम्म गण्डकी र बागमती प्रदेशमात्र साक्षर प्रदेश घोषणा भएका छन्।

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंकद्वारा ४ जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

२ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कुल र कैलालीको धनगडी–४ स्थित सीसीएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । यस्तै ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्यान्ड परिसरमा […]

सुदूरपश्चिममा घुम्ती सिनेमा अभियान

काठमाडौं । चलचित्र विकास बोर्डले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा घुम्ती सिनेमा साक्षरता अभियान सम्पन्न गरेको छ । बोर्ड सदस्य राजु केसीको नेतृत्वमा माघ १७ देखि सुरु भएको घुम्ती सिनेमा साक्षरता अभियानअन्तर्गत अछामको साँफेबगर र मंगलसेन, डडेल्धुराको अमरगढी नगरपालिकाका दुई ठाउँ, डोटीको जोरायल गाउँपालिकाको बुडर र कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरमा फिल्म प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गरिएको […]

लमजुङको साक्षरता दर ७७.४९ प्रतिशत

राष्ट्रिय जनागणना २०७८को तथ्यांकअनुसार लमजुङको साक्षरतादर ७७.४९ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको विवरण अनुसार जिल्लामा एक लाख ५५ हजार ८५२ जनसंख्या मध्ये ७७.४९ प्रतिशत जनसंख्या साक्षर रहेको हो । सार्वजनिक विवरण अनुसार जिल्लामा महिला भन्दा पुरुष बढी साक्षर रहेका छन् । जिल्लामा कुल जनसंख्या मध्ये ७०.२३ प्रतिशत महिला र ८५.६४ प्रतिशत […]

सिभिल लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

सिभिल लघुवित्त वित्तीय संस्थनले ग्लोबल मनी विकको अवसरमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रम गरेको छ ।वित्तीय साक्षरताअन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुको साथै प्लेकार्ड र ब्यानरको प्रयोग गरी ¥यालीसमेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन कार्यक्रमको […]

दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहव्यापीरुपमा गरिएको छ।

दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहव्यापीरुपमा गरिएको छ।...

बीमा साक्षरता कार्यक्रम सञ्चालन गरिँदै

बीमा कम्पनीहरूले बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न पर्याप्त मात्रामा चासो नदेखाएपछि बीमा समितिले उनीहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागेको छ । बीमा समितिले यसअघि निर्जीवन बीमा कम्पनीहरूलाई कृषिबीमा गर्न जिल्ला तोकेको थियो । अहिले भने बीमा साक्षरता कार्यक्रम गर्न जिल्ला तोकेको हो । निर्जीवन बीमाको हकमा तत्काल नै यस सम्बन्धमा निर्देशन जारी गरिने बताइएको छ । निर्जीवन बीमा कम्पनीहरूले जुन जिल्लामा कृषिबीमाको कार्यक्रम गरिरहेका छन्, त्यही जिल्लामा बीमा साक्षरता कार्यक्रम गर्न निर्देशन दिइनेछ । जीवन बीमा कम्पनीहरूलाई जिल्...

जिल्ला तोकेर बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न लगाइँदै

काठमाडौं । बीमा कम्पनीहरूले बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न पर्याप्त मात्रामा चासो नदेखाएपछि बीमा समितिले उनीहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागेको छ । बीमा समितिले यसअघि निर्जीवन बीमा कम्पनीहरूलाई कृषिबीमा गर्न जिल्ला तोकेको थियो । अहिले भने बीमा साक्षरता कार्यक्रम गर्न जिल्ला तोकेको हो । निर्जीवन बीमाको हकमा तत्काल नै यस सम्बन्धमा निर्देशन जारी गरिने बताइएको छ । निर्जीवन बीमा कम्पनीहरूले जुन जिल्लामा कृषिबीमाको कार्यक्रम गरिरहेका छन्, त्यही जिल्लामा बीमा साक्षरता कार्यक्रम गर्न निर्देशन दिइनेछ । जीवन बीमा कम्पनीहरूलाई जिल्ला छुट्ट्याउने काम भइरहेको बीमा समितिको भनाइ छ । समितिअनुसार जीवन बीमा कम्पनीहरूले जीवन बीमासम्बन्धी र निर्जीवन बीमा कम्पनीहरूले निर्जीवन बीमासम्बन्धी नै साक्षरता कार्यक्रम गर्नुपर्ने हुन्छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूलाई बीमा साक्षरता कार्यक्रम गर्न जिल्ला तोकिन लागेको बताए । अबको केही दिनमा नै यस सम्बन्धमा निर्देशन जारी गरिने उनको भनाइ छ । ‘बीमा साक्षरतालाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न लागेका हौं । निर्जीवन बीमा कम्पनीहरूले जुन जिल्लामा कृषिबीमाको कार्यक्रम गरेका छन्, त्यही जिल्लामै उनीहरूलाई यो जिम्मेवारी दिनेछौं,’ उनले भने, ‘त्यसअनुसार निर्जीवन बीमा कम्पनीहरूमा तत्कालै यो लागू हुनेछ ।’ बीमा कम्पनीहरूले यस्तो कार्यक्रम गर्दा हुने खर्च संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउने व्यवस्था गरिनेछ । यस्तो कार्यक्रम ल्याउँदा बीमासम्बन्धी साक्षरता कार्यक्रम प्रभावकारी हुने र बीमा पहुँच बढाउन सहयोग पुग्ने समितिको अपेक्षा छ । हाल समितिले स्थानीय तहहरूमा बीमासम्बन्धी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ । त्यो अवस्थामा बीमा कम्पनीहरूले जिल्लागत रूपमा बीमा साक्षरता कार्यक्रम गर्दा प्रभावकारी हुने पौडेलले बताए ।

नेपाल बैंकको साक्षरता अभियान

नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशका सबै जिल्लामा एकसाथ डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

साक्षरता अभियान अलपत्र

जिल्लामा लामो समयदेखि साक्षरता अभियानअन्तर्गतका कार्यक्रम ठप्प भएका कारण आठवटै स्थानीय तह साक्षर घोषणा हुन सकेका छैनन्। साक्षरता अभिवृद्धिमा स्थानीय तहको चासो नहुँदा यसअघि थालिएका अभियान पनि अलपत्र परेका छन्।