निर्वाचनको वैधानिकतामाथि प्रश्न

काठमाडौं, जेठ २३ । निर्वाचन आयोगले जिल्लास्थित निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ। निर्वाचन कार्यालयहरूको खारेजीको विषयमा सोमबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारको निर्णयले निर्वाचनको वैधानिकतामाथि प्रश्न उठाएको टिप्पणी गरे। उनले आयोग ऐनमै आवश्यकताअनुसार प्रदेश तथा […]

सम्बन्धित सामग्री

नैतिकताको कसीमा महामन्त्रीद्वयः जिल्ला सभापतिहरुको बैठकको वैधानिकतामाथि प्रश्न

काठमाडौं, ३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गत असार २१ र २२ गते भएको जिल्ला सभापतिहरको वैधानिकतामाथि प्रश्न उठेको छ । आज (बुधबार) जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नैनसिंह महरले केन्द्रीय सदस्यलाई बाहिर राखेर गरिएको बैठकको वैधानिकतामाथि प्रश्न उठाएका हुन् । ‘लोकतन्त्रमा रिजल्टमात्रै हेरिँदैन, प्रोसेस पनि हेरिन्छ । मैले सुनेको कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, […]

चोलेन्द्रले उठाए समितिका सदस्यहरूकै वैधानिकतामाथि प्रश्न

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्ले गठन गरेको महाअभियोग सिफारिस समितिका सदस्यहरूको वैधानिकतामाथि प्रश्न उठाएका छन् । बिहीबार दोस्रो दिन बयानका लागि सिंहरबारस्थित समितिको सभाकक्षमा पुगेका जबराले जसले महाअभियोग प्रस्ताव गर्‍यो, उसैले बयान लिनु र महाअभियोग सिफारिस गर्नु कति वैधानिक हुन्छ भन्दै प्रश्न उठाएका हुन् । “एउटा अभियुक्तले आफूलाई सहज बनाउनका...

आफ्नो पार्टीको वैधानिकतामाथि प्रश्न उठाए सैह्य हुँदैन: नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको वैधानिकताका विषयमा प्रश्न उठाए सैह्य नहुने चेतावनी दिनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्दा अदालतमा विचाराधिन भईरहेका बेला अध्यक्ष नेपालको यस्तो भनाइ बाहिर आएको हो । उहाँले आफ्नो पार्टीले कानूनी आधारमा वैधानिकता पाएको र आफूहरुलाई सांसदको रुपमा स्वीकार गर्ने स्थिति […]

लुम्बिनी प्रदेशमा बिपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई भन्योः सरकार वैध छैन

‘किर्ते हस्ताक्षर गरेर १६८ को १ अनुसारको सरकार दाबी गरिएको सरकार २ अनुसार पनि अहिले छैन,’ उनले भने, ‘फलतः यो सरकारको वैधानिकतामाथि प्रदेश प्रमुखले एक्सन लिनु पर्ने सुझाव गठबन्धनका तर्फबाट दिईएको छ।’...

रिटको वैधानिकतामाथि महान्यायाधिवक्ताको प्रश्न

१४ असार, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटहरुमा विपक्षी (सरकार पक्ष) को तर्फबाट बहस शुरु भएको छ । सोमबार पहिलो दिन महान्यायाधिवक्ता रमेश बडालले करीब साढे तीन घण्टा बहस गरे । सरकारको कानूनी सल्लाहकार बडालको बहसको मुख्य ‘फोकस’ रिट निवेदनको वैधानिकतामाथि थियो । शुरुमै उनले रिट निवेदकहरुको माग अनुसार प्रतिनिधिसभा […]

अदालतमा दर्ता भएको रिटको वैधानिकतामाथि नै प्रश्न

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दर्ता भएको प्रतिनिधिसभा विघटन विरुद्धको रिटको वैधानिकतामाथि नै प्रश्न उठाएका छन्। उनले अदालतलाई लिखित जवाफ पेश गर्दै प्रस्तुत रिट निवेदनमा पाँच जना सदस्यहरूको मात्र हस्ताक्षर भएको विषय उठाएका छन्। रिट निवेदन कसैले दिने र अरु कोही सनाखत गरेर निवेदक बन्न नमिल्ने बताएका हुन्।उनले रिट निवेदनमा पाँचजना सदस्यहरूको मात्र हस्ताक्षर भएको उल्लेख गरेका छन्।

सुदूरपश्चिममा नेपाल पक्षका सांसदको जवाफ : स्पष्टीकरण सोध्ने कमिटी नै अवैध !

२८ जेठ, धनगढी । सुदूरपश्चिममा नेकपा एमालेको माधव नेपाल पक्षका १७ सांसदले आफूहरुलाई स्पष्टीकरण सोध्ने प्रदेश कमिटीका पदाधिकारीको वैधानिकतामाथि प्रश्न उठाएका छन् । बिहीबार १७ सांसदले जवाफ पेश गर्दै पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको निर्णय अनुसार नभएकाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाको पद नै अवैध रहेको उल्लेख गरेका छन् । प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले […]

गण्डकीमा विपक्षीले उठाए सरकारको वैधानिकतामा प्रश्न, दिएनन् बजेटमा सुझाव

१९ जेठ, पोखरा । गण्डकी प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबार प्रस्तुत गरेको विनियोजन विधेयकमाथि छलफल सुरु भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटको सिद्धान्त र प्राथमिकतामा भन्दा विपक्षीले मुख्यमन्त्रीको वैधानिकतामाथि प्रश्न उठाएका छन् । विपक्षी सांसदले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नलिई सरकार चलाउनु औचित्यहीन भएको तर्क गरेका छन् । प्रमुख प्रतिपक्षी दल […]

प्रदेश २ का अर्थमन्त्री भन्छन् : बजेटको वैधानिकतामाथि नै शंका

जनकपुरधाम : प्रदेश-२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले संघीय सरकारले शनिबार अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटलाई कोभिड नियन्त्रण र रोकथामलाई लक्षित गरी ल्याएकोमा समग्रमा ठिकठिकै भए पनि कार्यान्वयनमा शंका व्यक्त गरेका छन्।बजेटबाट थाहाखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले अध्यादेशमार्फत बजेट ल्याउनु नै अलोकतान्त्रिक र असंवैधानिक रहेको हुँदा यो बजेटको वैधानिकतामाथि नै शंका रहेको बताए।मन्त्री यादवले भने, ‘अहिले प्रतिनिधिसभा विघटन भएको अवस्था छ। सर्वोच्च

प्याब्सन वैधानिकतामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को हालै सम्पन्न १४औँ महाअधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै गृह मन्त्रालयमा उजुरी परेको छ। महाधिवेशनका केही असन्तुष्ट उम्मेदवारले तत्कालीन अध्यक्ष विजय सम्वाहाम्फेविरुद्ध उजुरी दिएका हुन्।   नेतृत्व ...