नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बल्खुमा बन्ने पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बिहीवार बिहान बल्खु पुगेर पार्टी कार्यालय शिलान्यास गरेका छन् ।
२०७२ सालको भूकम्पले पार्टी कार्यालय भत्काएपछि एमालेले नयाँ भवन बनाउन लागेको हो ।
१३ रोपनी क्षेत्रफलमा फैलिएको बल्खुको जमिनमा अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको एमाले आर्थिक विभाग प्रमुख एवं कार्यालय भवन ब्यवस्थापन समितिका सदस्य बिष्णु रिमालले जानकारी दिए ।
वैशाख ६ गते बसेको...