काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन् । अहिले दसैँ नजिकिँदै […]
काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना अघि बढाउन बुढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णयलाई स्वागतयोग्य बताएका छन् । सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै डा. भट्टराईले हालै भोटेकोशी, त्रिशूली र बुढीगण्डकीमा आएको हिम-चट्टान पहिरोजन्य महाविपत्तिलाई बहाना बनाएर नेपालमा ठूला जलाशययुक्त परियोजना बनाउनै हुन्न भन्ने आवाज […]
बोगोटा । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ । नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै दुर्घटना भएको जनाएको छ । घटनाले […]