माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्न सभामुखलाई एमालेको ध्यानाकर्षण

काठमाण्डौ – माधव नेपाल पक्षका १४ सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । आज बिहीवार सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरूले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधवकुमार नेपाल पक्षका १४ सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो । सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताउनुभयो । नेता ...