विदेशी सेनामा नजान नेपाली युवालाई सरकारको आग्रह

काठमाडौँ- परराष्ट्र मन्त्रालयले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा विदेशी सेनामा काम गर्न नजान नेपाली नागरिकहरुसँग आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै यसबारे सजग रहन सबैसँग अनुरोध गरेको छ। मन्त्रालयले […]

सम्बन्धित सामग्री

अति आवश्यक नपरी युक्रेन नजान सरकारको आग्रह, त्यहाँ भएकाहरूलाई फर्कन अनुरोध

परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन नजान आग्रह गरेको छ । साथै त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फर्कन पनि मन्त्रालयले अनुरोध गरेको छ

युक्रेनमा रहेकालाई नेपालीलाई नेपाल फर्कन सरकारको आग्रह, घुम्न पनि नजान अनुरोध

सरकारले युक्रेनमा रहेका नेपालीहरुलाई नेपाल फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपाली नागरिकहरूले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अति आवश्यक परी त्यहीं रहनु परेमा बाहेक उपलब्ध व्यवसायिक हवाइ उडानको उपयोग गरी स्वदेश फर्कन अनुरोध गरेको हो। साथै, अति आवश्यक अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।मन्त्रालयका अनुसार युक्रेनका लागि समेत सहप्रमाणिकृत नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकहरूसँग सम्पर्कमा रहेको र उनीहरू सबै सकुशल छन्। त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली राजदूतावास, बर्लिनको निम्नलिखित ठेगानमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।नेपाली राजदूतावास, बर्लिनतृतीय सचिव सहारा चौलागाईं सम्पर्क नं. +491709808063, Email: eonberlin@mofa.gov.npसहजताका लागि मस्कोस्थित नेपाली राजदूतावासका निम्न पदाधिकारीलाई समेत सम्पर्क गर्न सकिनेछः शुशिल घिमिरे, कार्यवाहक राजदूत सम्पर्क नं. +79680702815, Email: eonmoscow@mofa.gov.npरुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएसंगै त्यस क्षेत्रमा संकट बढेको हो । स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सकलाई रुसले स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको हो । यी रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्। हाल रहेको द्वन्द्व युद्दमा परिणत हुने भन्दै धेरै देशले युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आग्रह गरिरहेका छन् ।

अत्यावश्यक काम बाहेक विदेश नजान सरकारको आग्रह

नेपालमा ओमिक्रोन भेरियन्ट देखिनसकेको जनाउँदै सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान आग्रह गरेको हो।

विदेश भ्रमणमा नजान सरकारको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र स्वास्थ्य सावधानी अपानउन स्वास्थ मन्त्रालयले अपील गरेको छ । केही दिनअघि अफ्रिकी मुलुकमा पहिचान भएको ओमिक्रोन भेरियन्ट अफ्रिका तथा एशियाका केही देशहरुमा तीव्र रुपमा फैलिरहेको […]

अत्यावश्यक काम नपरी विदेश भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो । विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न […] The post अत्यावश्यक काम नपरी विदेश भ्रमण नगर्न सरकारको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.