एसईई दिन १४ वर्ष पुग्नुपर्ने बाध्यता हट्यो

काठमाण्डाै – सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनका लागि १४ वर्ष पुग्नुपर्ने बाध्यता हटाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको २ गको मन्त्रीस्तरीय निर्णयबाट एसईईका लागि रहेको १४ वर्ष उमेरको थ्रेसहोल्ड हटाएको र त्यसको सूचना प्राप्त भएर कार्यान्वयनमा गएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।अरू देशमा रहेको व्यवस्था र नेपालमा कतिपय विद्यार्थीहरू १४ वर्षअघि नै कक्षा १० मा पुग्ने क्रम सुरु भएकोले कक्षा १० को वार्षिक परीक्षामा रहेको उमेर हद हटाएको उहाँले बताउनुभयो ।बालबालिकाक...