मर्जर प्रस्ताव पारित गर्न हिमालयन र एभरेष्ट इन्स्योरेन्सले असार २ मा बोलाए विशेष सधारण सभा, स्वाप रेशियो कति ?

जेठ १७, काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा गर्ने भएका छन् । ती दुबै कम्पनीले आगामी असार २ गते विशेष साधारण सभा गर्ने भएका हुन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विशेष सभा बिहान ११ बजे एयरपोर्ट होटल एयरपोर्ट काठमाडौंमा हुने जानकारी दिएको छ।  त्यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले विषेश साधारण सभा बिहान ११ बजे अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा हुने जानकारी दिएको छ । ती दुवै कम्पनीले एकापसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सभा मार्फत अनुमोदन गर्दैछन् भने  मर्जर सहमति अनुसार ती कम्पनी १ : शून्य दशमलव ८५ अनुपातमा गाभिदै छन् ।   अव एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता हुने शेयरधनीले मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयर प्राप्त गर्नेछन् ।   विशेष साधारण सभाले दुवै कम्पनीको गाभ्ने र गभिने सम्बन्धि अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य गरिएका सम्झौताहरु अनुमोदन गर्नेछ । साथै सभाले मर्जर पछि कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहने प्रस्ताव पनि अनुमोदन गर्ने भएको छ । वित्तीय प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहोस् :