चिनियाँ धानमा बाला नलागेका किसानले बिउ बेच्नेबाटै क्षतिपूर्ति पाउने

काठमाण्डाै : चिनियाँ धान (डिवाई–२८) जातको धानमा बाला नलागेका किसानले क्षतिपूर्ति पाउने भएका छन् । डिवाई–२८ जातको धानको बिउ सिफारिस नगरेको क्षेत्र काठमाण्डौ, भक्तपुर, ललितपुरमा किसानले एग्रोभेटबाट बिउ खरिद गरी रोपेका थिए । बिउ आयात तथा वितरण गर्ने काठमाण्डौ कालिमाटीको काष्ठमण्डप ट्रेड प्वइन्टले किसानलाई क्षतिपूर्ति दिने गरी सहमति भएको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । धानमा बाला नलागेर क्षति भएको क्षेत्रका किसान, पालिकाका प्रतिनिधि, कृषि शाखा प्रमुख, व्यापारी, नार्क तथा बिउबिजन गुणस्तर...