दाइको जमिन हडप्न जीवित आमाबुवाको मृत्यु दर्ता

कञ्चनपुर : बेदकोट नगरपालिका ५ धरमपुरका एक युवकले सहोदर दाइको जमिन हडप्न जीवित आमा-बुवाको मृत्युदर्ता गराएका छन्‌।धर्मपुरका सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हड्प्न भारतमा बस्दै आएका आमा–बाबुको मृत्युदर्ता गराएका हुन्‌।सुरेन्द्रका आमा-बाबु भीमदत्त नगरपालिका-१०, तिलकेनी बस्दै आएका थिए। लामो समयदेखि सुरेन्द्रका बाबु झिक्ले लुहार र आमा चुकी लुहार भारतमा बस्दै आएका थिए।लुहार दम्पतीका कान्छा छोरा सुरेन्द्र लुहारले सहोदर दाजुबाट जमिन हत्याउन जिउँदै आमा-बाबु मरेका देखाएर आफ्