नेपाल बैंकको संचालकमा शाक्य नियुक्त

नेपाल बैंक Nepal Bank Limited  को संचालकमा रितेश कुमार शाक्य नियुक्त भएका छन् ।  नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव  शाक्य संचालकको रुपमा नियुक्त भई आएका हुन् । नव नियुक्त सञ्चालक शाक्यले  बिहिबार सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  कार्यक्रममा  अध्यक्ष  अर्यालले नव नियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा सञ्चालक सदस्य  शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन् ।     नवनियुक्त सञ्चालक शाक्यले बैंकको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

सम्बन्धित सामग्री

नेपाल क्लियरिङ हाउसमा दुई सञ्चालक नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउसको सञ्चलाक समितिमा दुई सदस्य नियुक्त गरिएको छ । वाणिज्य बैंकहरुका तर्फबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दहाललाई सञ्चालकमा नियुक्त गरिएको नेपाल क्लेयरिङ हाउसले जनाएको छ । १४ चैतमा बसेको एनसीएचएलको २०६ औं सञ्चलाक समितिको बैंठकबाट उक्त निर्णय […]

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल नियुक्त भएका छन् ।  राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिएको छ ।  राष्ट्रपति पौडेलले आज नेपाल र कुँवरलाई नियुक्त गरेका हुन् ।...

नेपाल टी–२० को मेन्टरमा ब्रेट ली नियुक्त

काठमाडौं । अष्ट्रेलियाका चर्चित पूर्व बलर ब्रेट लीलाई नेपाल टी–२० लिगको मेन्टरमा नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगको मेन्टरको नियुक्त गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताउनु […]

नेपाल लाइफको सीईओमा पराजुली नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको महानिरीक्षक नियुक्त गरेको छ । नेपाल प्रहरीको महानिरीक्षक पदमा धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो । वर्तमान …

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त

काठमाडौं : नेपाल टेलिकमका प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका हुन्। टेलिकममा पहिलोपटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका हुन्।सूचना प्रविधि केन्द्रमा रहेर विभिन्न कानुन विपरीतका काममा संलग्न रहेका पौडेललाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। उनलाई नै नियुक्त गर्ने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमक

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

५ फागुन, काठमाडौं । पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल संयोजकत्वको छनोट समितिले बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल […]

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त

सरकारल नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।

नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा शाह नियुक्त

नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्षमा  समिरजंग शाह नियुक्त भएका छन् । साेमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले उनलाई नियुक्त गरेकाे हाे । उनी नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समेत हुन् ।

एडीबीको नेपाल निर्देशकमा कोस्वा नियुक्त

काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि नयाँ निर्देशक नियुक्त गरेको छ। एडीबीले आर्नो कोस्वालाई नेपालका लागि नयाँ देशीय निर्देशकमा नियुक्त गरेको हो। उनले निर्देशकका रूपमा नेपाल मामिला हेर्दै विकासका अन्य साझेदारहरूसँग छलफल गर्नेछन्। यसैगरी एडीबीको सहयोगमा सञ्चालित पूर्वाधार विकासलगायत परियोजनाहरुको अनुगमन पनि गर्नेछन्। नेपालका लागि निर्देशकका नियुक्त भएपछि उनले सरकार र विकास साजेदारहरुसँग गरिबी न्यूनीकरणमा काम गर्ने बताएका छन्।