हुम्ला ।हुम्लाको चंखेली गाउँपालिका–५, पिप्लाङ गाउँकी एक सुत्केरी महिलाको अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ। पिप्लाङ निवासी ३८ वर्षीय सुरेन्द्रबहादुर शाहीकी श्रीमती ३४ वर्षीया वासना शाहीलाई चैत ६ गते बिहानदेखि सुत्केरी व्यथा लागेको थियो। अवस्था जटिल बन्दै गएपछि उनलाई सोही दिन साँझ जिल्ला अस्पताल हुम्ला पुर्याइएको थियो। जिल्ला अस्पतालमा गरिएको परीक्षणपछि त्यहाँ सुत्केरी गराउन […]