काठमाडौं : फिल्म ‘वर एण्ड बधु’मा नव-कलाकार विवेक कर्मचार्य अनुबन्धित भएका छन्। विवेकलाई यस फिल्ममा मुख्य अभिनेताको भूमिकामा फाइनल गरिएको हो।
यसअघि फिल्ममा अभिनेत्री आँचल शर्मा मुख्य अभिनेत्रीको लागि फाइनल भइसकेकी छिन्। फिल्ममा विवेक र आँचल जोडीको रूपमा देखिनेछन्।
एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मिलन चाम्सको निर्देशन रहने छ।…