आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ गते उम्मेदवार मनोनयन गर्ने गरी निर्वाचन आयोगले आन्तरिक कार्यतालिका तयार गरेको छ ।
वैशाख ११ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समयसहितको कार्यतालिका तयार पारेर आयोगले परामर्श थालेको हो ।
निर्वाचन आयोगको स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार वैशाख ११ गते नै अपरान्ह ४ देखि ६ बजेसम्ममा मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तयारी छ । यसअघि वैशाख २ मा गर्ने प्रस्ताव गरिएको थियो ।&nbs...