नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

१० भदौबाट रिलिज हुने फिल्म ‘प्रकाश’ नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ । फिल्म भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइष्ट लगायतका मुलुकमा एकसाथ प्रदर्शन हुनेछ ।फिल्मको विदेश राइट्स नेपाल सहित उल्लेखित देशहरुमा प्रदर्शनका लागि एक करोड ७२ लाखमा बिक्री भएको जनाएको निर्माता महेन्द्र अधिकारीले बताए । अन्य केही देशमा समेत छिट्टै टुङ्गो लाग्ने उनको भनाई रहेको छ ।दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश