मिर्गौला डायलिसिसको मनपरी शुल्क रोक्न स्वास्थ्य समितिको निर्देशन

 प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला डायलिसिसको मनपरी शुल्क रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा छलफलपछि समितिकी सभापति जयपूरी घर्तीले मिर्गौला पीडित उपचारका क्रममा थप पीडित हुने गरेको भन्दै डायलिसिस सेवालाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएकी हुन् । डायलिसिस गराउने सूचीकृत निजी अस्पतालले बिरामीबाट र सरकारबाट दोहोरो पैसा असुल गरेको भन्दै त्यसको अनुगमन गरी व्यवस्थित गर्न समितिले निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालय

सम्बन्धित सामग्री

डायलसिस मेसिन थप्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मिर्गौला पीडितको समस्यालाई गम्भीरताका साथ लिँदै डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गीि सहज रुपमा सेवा दिने व्यस्था गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले डायलाइसिस र मिर्गौला प्रत्यारोपण सेवालाई सहज […]

मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन संसदीय समितिको निर्देशन

६ असोज, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ‘मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न’ निर्देशन दिएको हो । बैठकले ‘डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी […]